‘झाडुवाली’ को कथामा ज्योति प्रकाशको धमाका (भिडयोसहित)

Jhaduwali song

काठमाडौं । नेपाली गीत संगीतमा फरक पहिचान बनाएका छन् संगीतकार ज्याति प्रकाशले । उनी राम्रा सर्जक पनि हुन् । उनै सर्जक ज्योति प्रकाशको नयाँ गीत ‘झाडुवाली’ ल्याएका छन् ।

गोबिन्द अन्जान र दिपेन्द्र प्रकाश केसीको निर्देशन रहेको गीतमा मुकेश हुमागाईको छायांकन, प्रबिन भट्टको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा चर्चित कलाकार ईस्टु कार्की र धिरेन्द्र शाही लगायत अन्य कलाकारहरुको अभिनय हेर्न पाईन्छ । यस गीतमा मनोज राजको स्वर रहेको छ भने कृष्णा आचार्य रोशनीको शब्द छ ।

‘झाडुवाली’ अधुरो प्रेमकथामा आधारित छ । फिल्मी शैलीको प्रेमकथामा निर्माण गरिएको उक्त गीतको म्युजिक भिडियोमा झाडु लगाउने युवतीसँग सानो बाइक दुर्घटनामा एक युवकको भेट हुन्छ । न्यायप्रेमी र निडर स्वभावकी युवतीले पहिलो भेटमा युवकप्रति आक्रोश पोखेपनि अन्ततः उनीहरु एक अर्काप्रति आकर्षित हुन्छन् र प्रेमको बिजारोपण हुन्छ ।

तथापि सो प्रेमले सार्थक मोड लिन नपाउँदै युवतीको बाइक दुर्घटनामा नै निधन हुन्छ । युवतीको निधन भएपछि युवकलाई परेको चोट र उसको पीडा नै गीतको मूल भाव हो । अर्थात् उक्त गीत वियोगान्तमा आधारित छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...