स्थानीय निर्वाचन : धनकुटामा ४ राजनीतिक पार्टीको बन्यो गठबन्धन, एमालेलाई धक्का लाग्ने

Dkt news 7

धनकुटा । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा धनकुटामा ४ वटा राजनीतिक दलहरु एक भएर जाने भएका छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा धनकुटामा सात वटै स्थानीय तहमा प्रमुख तथा उपप्रमुख नेकपा एमालेले जितेको थियो । तर आज धनकुटामा क्रियाशील ४ वटा राजनीतिक पार्टीले आगामी स्थानीय निर्वाचनमा एक भएर जाने घोषणा गरेसँगै एमालेलाई ठेस लाग्ने देखिएको छ ।

धनकुटामा क्रियाशील नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन मिलेर भाग लिने घोषणा गरेका छन् ।

सो पत्रकार सम्मेलनमा चार पार्टीका जिल्ला अध्यक्षहरुले धनकुटाका सात वटै पालिकामा संयुक्त रुपमा उम्मेदवारी दिने घोषणा गरे । उनीहरुले कुन पालिका कसले लिने भन्दा पनि धनकुटाको आवश्यकतालाई हेरेर सबै तहमा गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति बनेको बताए ।

सो पत्रकार सम्मेलनमा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, नेकपा माओवादी केन्द्रका संयोजक डिल्लीराम राई, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष अर्जुन राई र जनता समाजवादी पार्टीका अध्यक्ष बलबहादुर राईले जस्तोसुकै परिस्थितीमा पनि धनकुटामा चार दल एक भएर अघि बढ्ने प्रतिवद्धता जानाए ।

सो पत्रकार सम्मेलनमा सबै पार्टीका अध्यक्षहरुले आफ्ना सांगठानिक संरचनाहरुलाई समेत स्थानीय स्तरमा गठबन्धनको बैठक, भेलाको आयोजना गरी सोही मर्म र भावना अनुसार चुनावी अभियानमा लाग्न निर्देशन दिएका छन् । साथै उनीहरुले धनकुटामा रहेका अन्य राजनीतिक पार्टीलाई समेत आगामी निर्वाचनमा गठबन्धनमा सामेल हुन आग्रह गरेका छन् ।

‘आगामी बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचन मार्फत् यी तमाम विसंगति, वेतिथी, भ्रष्टाचार, तदर्थवाद, व्यक्तिवाद र असंवैधानिक कदमहरुलाई धनकुटा जिल्लामा क्रियाशील तपशिल बमोजिमका राजनीतिक दलहरु परास्त गर्न चाहन्छ’ सो पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा भनिएको छ, ‘त्यसका निमित्त उच्च राजनीतिक संस्कार सहित चुनावी सहकार्य मार्फत् सामुहिक मर्म, भावना र उदेश्यहरुलाई पूरा गर्न जसरी राष्ट्रिय र प्रदेशस्तरमा गठबन्धन अगाडी बढेको छ, सोही भावनालाई हृदयंगम् गरी स्थानीय तहहरुमा समेत आवश्यकताका आधारमा हामी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै हाम्रा सांगठानिक संरचनाहरुलाई समेत स्थानीय स्तरमा गठबन्धनको बैठक, भेलाको आयोजना गरी सोही मर्म र भावना अनुसार चुनावी अभियानमा लाग्न निर्देशन गर्दछौं ।’

यस्तो छ विज्ञप्ती
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, जननिर्वाचित संस्थाहरुलाई पारदर्शी, जनउत्तरदायी, र जिम्मेवार बनाउँदै राजनीतिक स्थायीत्वमार्फत समृद्ध समाज निर्माण गर्ने अहम् र नेतृत्वदायी भुमिका निर्वाह गर्ने अवसरलाई राष्ट्र र जनताको पक्षमा उपयोग गर्नुपर्ने ठाउँमा उल्टै २०७७ पौष ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक व्यवस्था विपरित संसद् विघटन गरेपश्चात उत्पन्न राजनीतिक परिस्थितिको सन्दर्भमा हामी सबैलाई सर्वविदितै छ ।

संसद् विघटन, पुनस्र्थापना फेरि विघटनको घटनाक्रमलाई सुक्ष्म विष्लेषण गर्दा तत्कालीन ओली सरकार लोकतान्त्रिक मुल्य, मान्यता र संविधानवादको आदर्शबाट च्यूत हुँदै स्वेच्छाचारी, निरंकुस र मुल्यहीन प्रणालीको पक्षपाती हुन पुगेको निष्कर्ष सहित लोकतान्त्रिक प्रणाली, विधिको शासन, कानुनी राज्यको सुनिश्चिततासहित पारदर्शी र जनउत्तरदायी शासन व्यवस्था कायम गर्नु वर्तमान सत्ता र राजनीतिक गठबन्धन निर्माण भएको पनि सर्वविदितै छ ।

राष्ट्रिय राजनीतिमा यस्ता विषम् दृष्यहरु देखिनुको साथै कतिपय स्थानीय सरकारहरु, प्रदेश सरकारहरु र संघीय सरकारका कामहरु, निर्णयहरु र तरिकाहरु अत्यन्तै अपारदर्शी, व्याप्त कमिसनयुक्त, विवादित, पक्षपाती र चरम भ्रष्टाचारजन्य रहेको समेत बितेको पाँच वर्षमा हामीले देखि÷भोगी आएकै छौं । यी सम्पूर्ण विकृतीहरुको विरुद्धमा जनउत्तरदायी राजनीतिक संस्थाहरुको निर्माण गर्न र सुशासनको प्रत्याभुति जनसमक्ष दिलाउन ठोस पहल गर्नु आजको दिनमा हरेक व्यक्ति, राजनीतिक दलहरुको मुख्य दायीत्व हुन गएको हामी सबैले हृदयंगम् गरेकै छौं । तसर्थ आगामी बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचन मार्फत् यी तमाम विसंगति, वेतिथी, भ्रष्टाचार, तदर्थवाद, व्यक्तिवाद र असंवैधानिक कदमहरुलाई धनकुटा जिल्लामा क्रियाशील तपशिल बमोजिमका राजनीतिक दलहरु परास्त गर्न चाहन्छ । त्यसका निमित्त उच्च राजनीतिक संस्कार सहित चुनावी सहकार्य मार्फत् सामुहिक मर्म, भावना र उदेश्यहरुलाई पूरा गर्न जसरी राष्ट्रिय र प्रदेशस्तरमा गठबन्धन अगाडी बढेको छ, सोही भावनालाई हृदयंगम् गरी स्थानीय तहहरुमा समेत आवश्यकताका आधारमा हामी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै हाम्रा सांगठानिक संरचनाहरुलाई समेत स्थानीय स्तरमा गठबन्धनको बैठक, भेलाको आयोजना गरी सोही मर्म र भावना अनुसार चुनावी अभियानमा लाग्न निर्देशन गर्दछौं । साथै गठबन्धनको यस अभियानलाई सहयोग पु¥याउन आम धनकुटेली न्यायप्रेमी दाजुभाई तथा दिदिबहिनीहरुलाई हार्दिक आह्वान गर्दै अन्य लोकतान्त्रिक राजनीतिक दलहरुलाई समेत यस गठबन्धनमा आवद्ध हुन अपिल गर्दछौं ।

हार्दिक धन्यवाद सहित ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ, २ जना मन्त्री नियुक्त

Hikmat karki safat

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण ...