नेपाल आइडल सिजन-४ को उपाधि भूपेन्द्र थापा मगरलाई

Bhupendra thapa

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।

उपाधिसँगै भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरे । झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल पनि फाइनलमा प्रवेश गरेका थिए । उनीहरुले गिटार र १० लाख बराबरको बीमा सुविधा प्राप्त गरे ।

नेपाल आइडल सिजन-४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । उनीहरुले क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरे ।

एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ । यो सिजनमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायको रुपमा थिए ।

sf7df8f}+ . सिद्धार्थ नगरपालिका–३ भैरहवाका स्थायी बासिन्दा हुन उनी । बुबा शेरु थापामगर र आमा रत्नाका एक्ला छोरा हुन् । उनकी एउटी दिदी छन्। निरन्तरको संगीत साधना र लगनशीलताले उनलाई नेपाल आइडल सिजन–४ को विजेताको उपाधिसम्म पुर्यायो ।

सनसाइन आवासीय उच्च माविबाट एसएलसी तथा प्लस टु सकेका थापा हाल भैरहवा बहुमुखी क्याम्पसमा ब्यार्चलर्स अध्ययन गर्दैछन् । जीवनभर गीत–संगीतमै लाग्ने बाचा गरेका थापा भैरहवा कला केन्द्रमा विगत ६ वर्षदेखि संगीत साधना गरिरहेका थिए । उनलाई संगीत गुरु किशोर विश्वकर्माले संगीतको राग भरिदिएका हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...