प्रकास सपूतको ‘पिर’ को भिडियोबाट हटाइयो ‘यौनकर्मी’ को दृश्य

Keshu prakash saput

काठमाडौं । चौतर्फी विरोध भएपछि गायक प्रकाश सपुतले आफ्नो पिर गीतको भिडियोबाट यौनकर्मीको दृश्य हटाएका छन् । अघिल्लो हप्ता सार्वजनिक उनको गीत निकै रुचाइएको थियो ।

सोही विषयलाई लिएर माओवादी केन्द्रका कतिपय नेता कार्यकर्ताले उक्त गीतको आलोचना गरेका थिए । माओवादीका केहि भ्रातृ संगठनहरुले जनयुद्धको अपमान गरेको भन्दै गीत हटाउन चेतावनी दिएका थिए ।

गीत आलोचित भएपछि शनिबार गायक सपुतले उक्त गीतको अर्को भिडियो अपलोड गरेका छन् । जसमा पुरानो भिडियोमा रहेको यौन व्यवसाय झल्किने दृश्य हटाइएको छ ।

गायक प्रकाश सपुतले आफ्नो उद्देश्य जनयुद्धले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको देखाउन मात्र खोजेको प्रष्टीकरण दिएका थिए । र उनले कसैको भावनामा चोट पुगेको भए आफूले माफी माग्ने बताएका थिए ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...