यौन धन्दा संचालन गराउने ४ होटल व्यवसायी सहित संलग्न ९ जना युवती पक्राउ

Untitled 1

काठमाडाैं । धनगढीमा यौन धन्दा संचालन गराउने ४ होटल व्यवसायी सहित संलग्न ९ जना युवती पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज धनगढी बजारमा रहेका बिभिन्न होटलहरुमा यौन धन्दा भईरहेको छ भन्ने विशेष सुचनाका आधारमा ४ होटल व्यवसायी सहित संलग्न ९ जना युवती पक्राउ परेका हुन् ।

धनगढी उपहानगरपालीका वडा नम्बर १ एलएन चोक स्थित रहेको शाही होटल प्यालेश, धनगढी उपहानगरपालीका वडा नम्बर ३ ट्राफिक चोक ९चौराहा० स्थित रहेको सनराईज होटल, वडा नम्बर ३ ट्राफिक चोक (चौराहा) स्थित रहेको बुढिनन्दा बाजुरा होटल तथा धनगढी उपहानगरपालीका वडा नम्बर ८ क्याम्पसचोक स्थित रहेको प्रिन्स होटलमा प्रहरीले छापा मारेको थियो ।

छापा मार्दा यौन धन्दामा संलग्न ९ जना युवतिहरु पक्राउ गरी उक्त धन्दा संचालन गराउने ४ जना होटल व्यवसायीहरु समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याई आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...