झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई, उपाधि जित्ने झापाको चाहना भयो चकनाचुर

Army  champian

झापा । पाँचौं झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । योसँगै आर्मीले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको छ । झापा–११ ले भने पाँच पटक नै उपविजेतामा चित्त बुझाएको छ ।

झापाको डोमालाल रङ्गशालामा सोमबार भएको फाइनल खेलमा झापा–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता बनेको झापाले ६ लाख ५ हजार रुपैयाँ प्राप्त गरेको छ । झापा पाँचौं पटक उपविजेता बनेको हो ।

आर्मीले चौंथो पटक झापा गोल्डकपको उपाधि जितेको हो । यस्तै आर्मीले लगातार तेस्रो पटक जित्दै उपाधिमा ह्याट्रिक गरेको छ । यसअघि पहिलो, तेश्रो र चौथो संस्करणमा झापालाई नै हराउँदै आर्मीले उपाधि चुमेको थियो ।

आर्मीका लागि टेकबहादुर १८औँ मिनेटमा टेकबहादुर बुढाथोकी र २०औँ मिनेटमा जर्ज प्रिन्स कार्की एक/एक गोल गरेका थिए । झापा–११ का लागि विमल घर्ती मगरले २४औँ मिनेटमा एक गोल फर्काएका थिए । पहिलो हाफमा २–१ को अग्रता कायम गरेको आर्मीले सोही अग्रतालाई कायम राखेको थियो ।

गोल्डकपमा घरेलु टोली झापाले क्वाटरफाइनलमा भारत सिक्किमको रेडपान्डा फुटबल क्लबलाई तथा सेमिफाइनलमा संकटा क्लब काठमाडौंलाई पराजित गरेको थियो । आर्मीले क्वाटरफाइनलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लब र सेमिफाइनलमा सातदोबाटो युथ क्लबलाई पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस