१४ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सकियो एकीकृत समाजवादीको बैठक

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा केन्द्रीत गर्नेगरी कार्ययोजना पारित

Samajbadi baithnak 26

काठमाडौं । विभिन्न १४ वटा समसामायीक निर्णय गर्दै नेकपा (एकीकृत समाजवादी) को तेस्रो केन्द्रीय कमिटी बैठक सकिएको छ ।

अध्यक्ष माधवकुमार नेपालले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । अध्यक्ष नेपालको प्रतिवेदनमाथि ९ समूह बनाएर छलफल गरिएको थियो । बैठकबाट १४ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको महासचिव डा. बुदुराम भुषालले जानकारी दिए । बैठकले एमसीसीका बारेमा आएका विचार र धारणालाई समेत पार्टीको सम्पत्तिका रुपमा राख्दै आवश्यक पर्दा छलफल गर्न सकिने निर्णय गरेको छ ।

दुई दिनदेखि जारी केन्द्रीय समितिको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रीत गर्नेगरी कार्ययोजना पारित गरेको छ । साथै केही समसामयिक प्रस्ताव समेत बैठकले पारित गरेको छ ।

सो बैठकमा विभिन्न नेताहरुले उठाएको प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष माधवकुमार नेपालले आ–आफ्नो गल्ती र कमकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्न आफ्ना नेताहरूलाई निर्देशन दिए । केन्द्रीय कमिटी बैठकको समापन सत्रमा उनले आफ्ना गल्ती सच्याएर ऊर्जाका साथ पार्टी र देशको काममा लाग्न निर्देशन दिएका हुन् ।

‘गल्ती नहुने भन्ने हुँदैन । गल्ती हुन्छ । तर, त्यसलाई सच्याउनुपर्छ । समीक्षा गर्नुहोस्,’ उनले भने, ‘गल्ती र कमकमजोरीको समीक्षा गर्दै सच्याउँदै ऊर्जाका साथ पार्टी र देशका काममा लाग्नुहोस् ।’ पार्टीका नियमित बैठक राख्न पनि निर्देशन दिएका उनले लोकतान्न्तिक आन्दोलनमा प्रतिगमनकारीका शिर उठाउन खोज्ने भन्दै सचेत पनि गराए ।

यस्तो प्रतिवेशन र निर्णयहरू

 

 

प्रतिकृया दिनुहोस