माओवादी केन्द्रीय समिति बैठक आज बस्दै : साङ्गठनिक विषय कार्यसूची

Maoist meeting

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । आजको बैठकबाट केन्द्रीय समितिलाई पनि पूर्णता दिने तयारी गरिएको छ ।

पुस १८ गते सम्पन्न भएको माओवादीको आठौँ महाधिवेशनबाट २९९ केन्द्रीय सदस्यमा २४७ मात्र चयन भएका छन् । २९९ मा १० प्रतिशत हेडक्वार्टरले मनोनीत गर्ने व्यवस्था छ । त्यस्तै २९९ को १५ प्रतिशत केन्द्रीय समितिले मनोनीत गर्नेछ ।

यता पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष। एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।

आजको बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका साङ्गठनिक विषय हुने कार्यालय सचिव श्रीराम ढकालले बताएका छन् । शुक्रबार बैठकमा एमसीसी लगायतका समसामयिक विषयमा छलफल भएको थियो ।

सो महाधिवेशनले २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो । लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो। तर त्यस यता माओवादीले अन्य पदाधिकारी हालसम्म चयन गर्न सकेको छैन ।

 

 

प्रतिकृया दिनुहोस