कलाकारको नाममा रेष्टुरेन्ट र खानेकुरा

Student khana

काठमाडौं । बलिउड निकै ठूलो र रंगीन छ । जसको आकाशमा केही कलाकार चम्किन्छन् त केही गुमनाम हुन्छन् । बलिउडमा यस्ता कैयौं कलाकार छन्, जो आफ्नो अभिनयको दममा फ्यानको दिल र दिमागमा छाप छोडिरहेका छन् । यीमध्ये केहीको नामबाट रेष्टुरेन्ट र खानेकुरा नै बनेका छन् ।

दक्षिणका सुपरस्टार रजनीकान्तलाई दर्शकले उनको स्टायल र अभिनयका लागि चिन्छन् । उनको भारतमा करोडौं फ्यान छन् । उनलाई फ्यानहरूले ‘थलाइवा’ नामले चिन्छन् । उनको नाममा चेन्नईको न्यू नीला भवनमा रहेको एक रेष्टुरेन्टमा १२ खानेकुरा पाइन्छन् ।

बलिउडकी ‘डिम्पल गर्ल’ अभिनेत्री दीपिका पादुकोणको हाँसो र लुक्सको जोकोही फ्यान छन् । उनको नाममा महाराष्ट्रको पूणेमा पराठा बनाइन्छ । यसबाहेक अमेरिकाको अस्टिन शहरको एक रेष्टुरेन्टमा डोसाको नाम नै दीपिका राखिएको छ ।

बलिउड अभिनेता रणवीर कपूरको नाममा पञ्जाबको राजधानी चण्डीगढको एक ढावामा स्पेशल चिकन पाइन्छ । रणवीर आफ्नो पोलिटिकल ड्रामा फिल्म ‘राजनीति’को प्रवद्र्धन गर्न यो ढावामा पनि पुगेका थिए ।

बलिउडका ‘किंग खान’ शाहरुख खानको लोकप्रियता भारतमा कम छैन । केही समय अघि उनले बनारसमा जुन दोकानमा पान खाए, पानवालाले उनको नामबाट नै पान बेच्न थाले । त्यो पान पसल वरपरका मानिसहरु त्यो दोकानलाई अहिले ‘शाहरुखले पान खाएको दोकान’ भनेर चिन्दछन् ।

ग्लोबल आइकन अभिनेत्री प्रियंका चोपडाको नाममा वेस्ट हलिउडमा मिलियन्स अफ मिल्कशेक्स स्टोरमा मिल्क शेक पाइन्छ ।

अभिनेता सलमान खानको नाममाथि उनको एक फ्यानले पूरा रेस्टुरेन्ट खोलेका छन् । जुन रेस्टुरेन्टमा पाइने खानेकुराहरुको नाम उनले फिल्मका निभाएको पात्रको नाम राखिएको छ ।

प्रतिकृया दिनुहोस