संसद भवन अगाडि शंकास्पद वस्तु राखेको आरोपमा युवक पक्राउ

Subas mahat

काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वर अगाडि बम राखेको आरोपमा प्रहरीले २१ वर्षका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका–२ सिमथलीका सुवास महत रहेका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको गेटमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तुलाई डिस्पोज गरेको थियो ।

अनेरास्ववियु क्रान्तिकारीको पशुपति बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष रहेका महतलाई प्रहरीको अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

शंकास्पद बस्तु राखेर सर्वसाधारणलाई आतंकित बनाएको आरोपमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...