मित्रपार्कमा आगलागी, १० लाखको क्षति

Aaglagi

काठमाडौं । काठमाडौं महानगरपालिका-७ मित्रपार्कमा बुधबार बिहान आगलगी भएको छ । ४५ वर्षीय गौरी शंकर दासको टहरामा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा टहरामा चाबहिल बस्ने काभ्रे घर भएका माईला तामाङको माईला खाजा पसल र चाबहिल बस्ने दोलखा घर भएका श्याम बस्नेतको दोलखा खाजा घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीमा करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

उता इलामको सूर्योदय नगरपालिका-१ माने बस्ने कुमार तामाङको घरमा करेन्ट सर्ट भई मंगलबार साँझ आगलागी हुँदा नजिकै जोडिएको निमा तामाङको घरमा समेत फैलिएर दुबैजनाको गरी करिब ८० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस