बी डिभिजन फुटबल आजबाट, पहिलो दिन तीन खेल हुँदै

B division football

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सञ्चालन गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हुनेछन् ।

आज बिहान साढे नौ बजे हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा पौने १ बजे बाँसबारी क्लब र सरस्वती क्लब भिड्नेछन ।

अपराह्न ४ बजे हुने तेस्रो तथा आजको अन्तिम खेलमा विरगंज युनाईटेड र ब्वाइज युनियनबीच खेल हुनेछ ।

लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा खेल्ने छन् । शीर्ष दुई टोली ए डिभिजनमा बढुवा हुने छन् । त्यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।

एन्फाले ए डिभिजन लिग समाप्तीसंगै बी डिभिजन लिग फुटबल प्रतियोगिता सुरु गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...