संसदबाट पारित भयो व्याख्यात्मक घोषणासहितको एमसीसी सम्झौता

Samsad prachand

काठमाडौं । लामो समयको रस्साकस्सीपछि प्रतिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा पेस गरेको एमसीसी सम्झौतामाथिको प्रस्तावित व्याख्यात्मक घोषणा सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा मन्त्री शर्माले प्रस्ताव पेस गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् ।

यसअघि संसद भवनमा ६ मिनेट बसेको मन्त्रिपरिषदको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को व्याख्यात्मक घोषणा ग्रहण गरेको थियो ।

सो प्रस्तावमा ‘कम्प्याक्टको पक्ष भएका कारण नेपाल संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणनीति लगायत कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भनी घोषणा गर्दछ’ भनिएको छ ।

प्रस्तावमा भनिएको छ, ‘देशको मूल कानुनमा रहेको नेपालको संविधान कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरुभन्दा माथि रहेको छ भनी घोषणा गर्दछ ।’

 

प्रतिकृया दिनुहोस