अपराजित मछिन्द्रले उचाल्यो शहीद स्मारक ए डिभिजन लिगको ट्रफी

Machhindra league champion

काठमाडौं । मच्छिन्द्र क्लब अपराजित रहँदै शहीद स्मारक ए डिभिजन लिग २०७८ च्याम्पियन बनेको छ । च्याम्पियन बनेर उसले ७५ लाख रुपैयाँ पुरस्कार पाएको छ ।

दुई खेलअघि नै उपाधि पक्का गरेको मच्छिन्द्रले शनिबार अन्तिम खेलमा एपीएफलाई २-१ ले पराजित गरेकाे हाे । एपीएफकाे भने ९ खेलकाे अपराजित यात्रा शनिबार नै टुंगियो ।

मच्छिन्द्र अपराजित रहेर लिग जित्ने पाँचाैं टोलीसमेत बन्याे । यसअघि एनआरटी, थ्रीस्टार, मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबले अपराजित रहेर लिग जितेका थिए ।
यसपटक उपाधि जित्दा मछिन्द्रले अपराजित यात्रा समेत कायम राख्यो । जसमा लगातार ११ खेलमा कुनै गोल समेत खाएन ।

च्याम्पियन मछिन्द्रले लिग उपाधिसंगै नगद ७५ लाख रुपैयाँसमेत जितेको छ । शनिबारै भएकाे खेलमा मनाङ मर्स्याङ्दीसंग १-१ काे बराबरी खेल्दै त्रिभुवन आर्मी एफसीले दाेस्राे स्थानमा लिग अन्त्य गर्दै ५० लाख रुपैयाँ पक्का गर्‍यो । यस्तै एनआरटी नेपाल पुलिस क्लबलाई ३-१ ले हराएर तेस्राे भयाे । एनआरटीले २५ लाख हात पार्‍यो ।

मच्छिन्द्रका विशाल श्रेष्ठ, विशाल राई र कप्तान सुजल श्रेष्ठ लगातार ४ पटक ए डिभिजन लिग जित्ने खेलाडी बनेका छन् । तीन जनाले मनाङ मर्स्याङ्दीबाट दुई र मछिन्द्रबाट दुई पटक लिग जितेका हुन् ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा मच्छिन्द्रका लागि कार्यबाहक कप्तान अभिषेक गुरुङ र रेजिन सुब्बाले गाेल गरे । यस्तै एपीएफका लागि प्रदीप लामाले बराबरी गाेल फर्काए ।

नियमित कप्तान सुजल श्रेष्ठ दाेहाेराे पहेँलाे कार्डका कारण एपीएफविरुद्धकाे खेलमा खेल्न नमिल्ने भएपछि रञ्जित धिमालले मच्छिन्द्रको कप्तानी गरेका थिए । तर चाेटका कारण रञ्जित पनि खेल सुरु भएकाे केही मिनेटपछि नै मैदान बाहिरिएपछि अभिषेकले आर्मब्याण्ड लगाएका थिए ।

उनै अभिषेकले खेलकाे ४२औं मिनेटमा गाेल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । उनले आन्द्रेस नियाकाे पासमा गाेल गरे । दाेस्राे हाफकाे सुरुवात देखि आक्रामक प्रदर्शन गरेको एपीएफका लागि ६९औं मिनेटमा प्रदीप लामाले बराबरी गाेल फर्काए ।

मछिन्द्रका कप्तान सुजल श्रेष्ठ, फरवार्ड नुर्लान नाेभ्रुजाेभ र सुनील बल जस्ता खेलाडी मैदानमा नहुँदा एपीएफले लगातार दबाबमा राख्दै गाेल फर्काएकाे हाे ।

एपीएफसंग गाेल बेहाेरेपछि मच्छिन्द्रको लगातार १२ खेलमा गाेल नखाने यात्रामा पूर्णविराम लागेकाे छ । लिगकाे पहिलाे खेलमै एनआरटीलाई २-१ ले हराउँदा ५४औं मिनेटमा एरिक विष्टले फ्रिकिक बाट गाेल गर्नुबाहेक मच्छिन्द्रलाई अन्तिम खेलमा एपीएफले मात्र गाेल गर्न सक्याे ।

गाेलकिपर विशाल श्रेष्ठले लगातार १ हजार ९५ मिनेटमा गाेल खाएनन् । एपीएफ विरुद्ध गाेलकिपर विशाल निकै व्यस्त बनेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिको ‘इन्ट्री’ (सूचिसहित )

New mantri samajwadi

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवा...