एमसीसी पास गराउन ताते देउवा, बालकोटमा ओलीसँग भेटवार्ता

Balkotma deuwa

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन गर्न प्रधानमन्त्री देउवाले राजनीतिक दौडधुप तीव्र पारेका छन् ।एमसीसीका कारण पछिल्लो केही दिन यता देशको राजनीति तरंगित भएको छ भने दलहरुमा तिव्र ध्रुवीकरण देखिएको छ ।

एमसीसीका विषयमा अन्यौलता बढ्दै गएसँगै विभिन्न राजनीतिक दलका नेताहरूले छलफललाई तीव्रता दिन थालेका छन् ।

सत्ता सहयात्रीहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग दिनभर जसो छलफल गरेका प्रधानमन्त्री देउवा पार्टीको आन्तरिक छलफल सकिएपछि ओलीलाई भेट्न पुगेका बालकोट पुगेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।

कांग्रेस सभापति समेत रहेका देउवा पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका छन् । बैठकमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी छन् ।

यसअघि देउवाले आज प्रचण्ड र माधव नेपालसँग एमसीसी अनुमोदनबारे छुट्टाछुट्टै छलफल गरेका थिए । हिजोमात्रै देउवाले एमालेसँग दुई चरणमा छलफल गरेका थिए ।

प्रतिकृया दिनुहोस