गठबन्धन जोगाउन बालुवाटारमा कांग्रेस-माओवादीको सकारात्मक छलफल

Deuwa pracahnda

काठमाडौं । सत्ता गठबन्धनभित्र खटपट रहेको भनिएकै बेला शुक्रबार नेपाली कांग्रेस रनेकपा माओवादी केन्द्रका नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गठबन्धनलाई जोगाएरै अघि बढ्ने विषयमा दुबै पक्ष सकारात्मक भएको दावी गरिएको छ ।

शुक्रबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसिसीका कारण गठबन्धन टुट्न नदिने र गठबन्धन बचाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको थियो । सोही निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी गराउन प्रचण्डसहितका नेता बालुवाटार पुगेका थिए ।

बैठकमा देउवासहित काँग्रेसबाट पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की र गगन थापा तथा माओवादीको तर्फबाट प्रचण्डसहित जनार्दन शर्मा सहभागी थिए ।

आजै बसेको माओवादी केन्द्रको पूर्वस्थायी कमिटी समितिको बैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको थियो ।शुक्रबार बिहान नै नेपालले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए। भेटमा सत्ता गठबन्धन जोगाउने विषयमा छलफल भएको थियो ।

अघिल्लो दिन काँग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन अघि बढ्न नसक्ने निष्कर्षका साथ प्रतिपक्षी दल एमालेसँगको छलफलमा थिए । एमालेसँगको संवाद सकारात्मक रहेको र वर्तमान गठबन्धन अघि बढ्न सक्ने अवस्था नरहेको कांग्रेस र माओवादी केन्द्रकै नेताहरुले बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...