सकियो माओवादीको बैठक : गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने, एमसीसीबारे अडान कायमै

Nekapa maobadi kendra sthai committe meeting

काठमाडौं । नेकपा माओवादी केन्द्रले पाँचदलीय गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको छ ।

माओवादीको पूर्व स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको पूर्ववत सैद्धान्तिक धारणामा रहेर गठबन्धन जोगाउन कोसिस गर्ने निर्णय गरेको हो ।

‘यथास्थितिमा पारित गर्न सकिँदैन, हामी विपक्षमा मत हाल्छौं’, बैठकमा नेता हरिबोल गजुरेलले भने, तर जुन उद्देश्यले गठबन्धन बनेको हो, त्यो अझै परिपूर्ति भएको छैन । त्यसैले गठबन्धन जोगाउनुपर्छ कोसिस गरौं भन्ने भएको छ ।’

खुमलटारमा भएको पार्टीको निर्णयबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी दिन अध्यक्ष प्रचण्ड बालुवाटार जाने छन् ।

एमसीसी सम्झौतालाई लिएर पछिल्लो समय नेपाली राजनीतिमा तीव्र ध्रुवीकरण देखिएको छ । एमसीसी सम्झौतामा विमति बढ्दै जाँदा सत्ता गठबन्धन विघटनको संघारमा पुगेको छ ।

प्रतिकृया दिनुहोस