आन्तरिक छलफलमा जुट्यो माओवादी, सरकारबाट आजै बाहिरिन सक्ने

Maoist meeting

काठमाडौं । सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ । माओवादी केन्द्रको पूर्वस्थायी कमिटीका नेताहरुको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसिरहेको हो ।

ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने या नबस्नेबारेमा छलफल भइरहेको छ। छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादीका नेता सहभागी छन् ।

प्रधानमन्त्री र हाम्रो अध्यक्षबीच भएको छलफलपछि सौहार्दपुर्ण वातावरणमै आआफ्नो बाटो लाग्ने कुरा बुझेको छु’, नेता गिरिराजमणि पोखरेलले भने, ‘एमसीसी पारित गराएरै छोड्ने देउवाको अडान र हामी संशोधनबिना सहमति जनाउन नसक्ने अवस्थामा पुगेपछि त्यो अवस्था आएको हो ।’

अन्तिम टुंगोमा भने नेकपा (एकीकृत समाजवादी) का नेताहरुबीचको छलफलपछि पुगिने बताइएको छ । यसका लागि माओवादी नेताहरूले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई कुरेर बसेका छन् । उपत्यकाबाहिर गएका अध्यक्ष नेपाल काठमाडौँ फर्किंदै छन् ।

संसद बैठकमा पेस भएको विवादित एसमीसीको पक्षमा मतदान गर्ने बताएका उनीहरूमाथि सरकारबाट बाहिरिन दबाब परेको छ ।

प्रतिकृया दिनुहोस