एमसीसीको विरोध उत्रिए बानेश्वर क्षेत्रमा प्रदर्शनकारी, प्रदर्शन जारी

Mcc andolan 12

काठमाडौं । काठमाडौको माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै प्रदर्शन सुरु भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरु माइतीघरमा भेला भएर नाराबाजीसहित प्रदर्शनमा उत्रिएका छन् ।

सत्तारुढ दलका जनवर्गीय संगठनबाहेक विप्लव समुह, क्रान्तिकारी माओवादीलगायतका ६ राजनीतिक दलहरुले पनि बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका छन् । राजावादी पार्टी राप्रपाले समेत एमसीसीको विरोधमा प्रदर्शन गर्दै आएको छ ।

प्रदर्शनलाई लक्षित गर्दै बानेश्वर क्षेत्रको सुरक्षामा कडाइ गरिएको छ । एमसीसीको विपक्षमा रहेका विभिन्न दलमा आबद्ध कार्यकर्ताहरुको प्रदर्शनलाई ख्याल गर्दै संसद् भवनदेखि बानेश्वरसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा तैनाथ गरिएको हो । बानेश्वर खण्डको सडकमा यातायात आवागमन बन्द गरिएको छ । सुरक्षाकर्मीले ठाउँठाउँमा काँडे तार लगाएका छन् ।

विरोध प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर आसपासका सडकमा प्रशासनले सुरक्षा तैनाथी बढाएको छ । बानेश्वर क्षेत्रमा मात्रै प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा २४ सय प्रहरी खटाएको महानगरीय प्रहरीले जनाएको छ ।

प्रतिनिधि सभाको आज बस्ने बैठकमा एमसीसीबारे छलफल हुदैछ । एमसीसीबारे राजनीतिक दलहरु विभाजित हुदै आएका छन् ।

 

 

प्रतिकृया दिनुहोस