पत्रकार केशव भुललाई ‘युवा पत्रकारिता पुरस्कार’

Ksv

काठमाडौं । श्रमजीवी पत्रकार संघ नेपालका वरिष्ठ केन्द्रीय सदस्य केशव भुल ‘युवा पत्रकारिता पुरस्कार’ का लागि छनोट भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने ‘युवा पत्रकारिता पुरस्कार २०७८’ का लागि उनी छानिएका हुन्।

भुललाई पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्याएवापत पुरस्कारका लागि छनौट गरिएको हो । युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको छनौट समितिले चार पत्रकारलाई आर्थिक वर्ष २०७८/७९ मा प्रदान गरिने युवा पत्रकारिता पुरस्कारबाट सम्मान गर्न लागेको छ ।

पुरस्कार प्राप्त गर्ने अन्य पत्रकारमा पुर्णबहादुर खड्का, बसन्ती बास्तोला र सिताराम ओझा रहेका छन् । चारै जनलाई एक कार्यक्रममाविच पुरस्कृत गरिने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । युवा पत्रकारिता पुरस्कारको राशी ५० हजार रूपैया रहेको छ ।

२०७५ सालदेखि मन्त्रालयले हरेक वर्ष युवाको क्षेत्रमा कलम चलाउदैँ आएका चार/चार जनालाई पुरस्कृत गर्दै आएको छ । यस पटक पुरस्कार प्राप्त गर्नका लागि मन्त्रालयले गत पुष १४ गते सूचना प्रकाशित गरेको थियो ।

यस्ताे छ पत्रकार भुलकाे पत्रकारिता यात्रा

पुरस्कृत केशव भुल अहिले नेपाल प्रेस डटकममा बरिष्ठ सम्वाददाताका रुपमा कार्यरत हुनुहुन्छ । नेपाल प्रेसमा रहेर एक वर्षदेखि उहाँले कर्मचारी प्रशासन, युवा, श्रम तथा रोजगारी र सामाजिक विषयबस्तुमा कलम चलाउदैँ आउनुभएको छ ।

भुल यसअघि सामुदायिक सूचना नेटवर्क (सीआईएन)मा कार्यरत थिए । त्यहाँ रहेर उनले करिव ४ वर्ष काम गरिसकेका छन् । त्यस अघि जागरण मिडिया सेन्टरमा मिडिया केहि महिना मिडिया कोर्डिनेटर भएर काम गरेका थिए भने त्यसअघि हिमालय टेलिभिजनमा एक वर्ष काम गरेको अनुभव छ ।

अछामको कमलबजार नगरपालिका ५ कुइका स्थायी घर भएका भुल विगत १० वर्षदेखि पत्रकारिता पेशामा आवद्ध छन् । अछाम जिल्लामा रहेको रेडियो जनप्रिय एफएमबाट पत्रकारिता सुरु गरेका भुल जिल्लास्थित सोसाइटी एफएममा सहायक समाचार प्रमुख तथा जिल्लास्थित अछामकै पहिलो सामुदायिक रेडियो, रेडियो रामारोशन एफएमको समाचार संयोजकसमेत भएर काम गरिसकेका छन् ।

भुलले यसअघि नेपाल पत्रकार महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संयुक्त रुपमा प्रदान गर्दै आएको शिक्षा लेखनवृति पुरस्कार पनि प्राप्त गरिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...