एमसीसी संसदमा टेबल गरेर अनुमोदन गर्ने कांग्रेसको निर्णय

Nepali congress samsadiya dal meeting

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गरेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसदमा अघि बढाउनुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सभामुखलाई फोन गरेर आफूले एमसीसी अघि बढाउनुपर्छ भनिसकेको जानकारी गराएका छन् ।

बैठकमा बोल्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएका थिए । उनले एमसीसीमा एमालेले दोहोर चरित्र देखिएको बताउँदै अरु कम्युनिस्टले पनि दोहोरो चरित्र देखाएको धारणा राखेको ती सांसदको भनाइ छ । यद्यपि यसमा सरकारले मनाउन पहल गर्ने देउवाको भनाइ छ । यस्तै प्रधानन्यायाधीश विरुद्धको महाभियोग पास गर्नका लागि पनि छलफल र परामर्श अघि बढाइने देउवाले बैठकमा बताएका थिए ।

कांग्रेस संसदीय दलले, केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिपरिषदले २५ माघ २०७५ मा एमसीसी अनुमोदान सम्झौता संसदमा पेश गर्ने र अनुमोदन भएपछि दातृ निकायलाई जानकारी गराउने निर्णय गरेको र त्यसअनुसार २०७६ असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता भएको स्मरण गरेको छ ।

त्यसबेला नेकपामा रहेका सांसदहरु अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीमा रहेको भन्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले भने, ‘उहाँहरुको संयुक्त सरकारको मन्त्रिपरिषद्‍बाट पास गरेर दर्ता गराएको प्रस्ताव अनुमोदनका लागि संसदमा प्रस्तुत हुँदै गर्दा एमालेले पनि पक्षमा उभिन्छ, माओवादी पनि पक्षमै उभिन्छ भन्ने विश्वास व्यक्त गरेको छ ।’

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...