जनकपुरधाम पुगेर प्रचण्डले भने, गठबन्धन भत्काउने प्रयास भइरहेको छ

Prachanda 1

धनुषा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलकै सल्लाहमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धन भत्काउने र निर्वाचन रोक्ने षड्यन्त्र भइरहेको आरोप पनि लगाए । आइतबार जनकपुरधाममा आयोजित जनयुद्ध दिवसको कार्यक्रममा उनले गठबन्धन हर हालतमा सदृढ गरेर जानुपर्ने बताएका छन् ।

न्यायालयको बेथितीको प्रमुख जिम्मेवार प्रधानन्यायाधीश नै भएको र उपाय ननिस्केपछि गठबन्धनमा सहमति गरेर महाअभियोग लगाइएको जिकिर गरे । ‘महाअभियोग लगाएर गठबन्धन भत्किने होइन, बरु झन् बलियो हुन्छ,’ दाहालले भने । सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीका ९८ जना सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा आइतबार महाभियोग प्रस्ताव दर्ता गरेका छन् ।

उनले गठबन्धन बनाउँदा कुनै सर्त नराखेको भन्दै त्यसमा अहिले पनि आफुहरु दृढ रहेको बताए । ‘केही तत्वहरु अहिले पनि यो गठबन्धन उल्ट्याउने, हुन लागेको निर्वाचन प्रक्रिया कुनै तरिकाले डिरेल गर्ने र वातावरणलाई धमिलो पार्ने कोशिस भएको छ’, अध्यक्ष प्रचण्डको भनाइ छ । उनले कहीँ कतैबाट मधेसी जनताका विरुद्ध कुनै प्रकारका षड्यन्त्र भए भने ती षड्यन्त्र रोक्न मधेसी जनताले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा दाहालले १२ बुँदे सम्झौता र शान्ति प्रक्रिया नरूचाएका गृह र बाहृय दुबै शक्तिले सत्ता गठबन्धन तोड्ने र चुनावलाई ‘डिरेल’ गर्ने षड्यन्त्र बुनिरहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...