बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल, एमसीसी सम्झौताका विषयमा छलफल

Deuba prachanda and madhav nepal

काठमाडौं । काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दलका शीर्ष नेताबीच शनिबार पनि छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।

पछिल्लो समय अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्ने सम्बन्धमा नेपाली राजनीतिक दलबीच फरक फरक धारणा आइरहेको हुँदा उनीहरु छलफलमा जुटेको बताइएको छ । अहिले पछिल्लो समय एमसीसी सम्झौता संसदबाट पारित गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ गठबन्धनभित्र विवाद छ ।

नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा यो सम्झौता संसदबाट छिटो पारित गर्ने पक्षमा छन् । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल भने एमसीसी सम्झौता संशोधनविना पारित गर्न नहुने अडानमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...