चार देशीय टी-२० सिरिज : नेपालले आज यूएईसँग खेल्दै

T 20 team nepal

काठमाडौं । ओमानमा शुक्रबारदेखि सुरु भएको चार देशिय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दैछ । खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली सयम अनुसार ११:४५ बजे सुरु हुनेछ ।

शुक्रबारको पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको नेपाल लगातार दोस्रो जित चाहन्छ । सिरिजको अन्तिम खेलमा नेपालले पर्सि सोमबार आयरल्यान्डसँग खेल्नेछ । ​ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप भइरहेको यस सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई हराएको थियो । त्यही लय कायम राख्दै प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ । यूएई भने सिरिजमा पहिलो खेल खेल्दैछ ।

नेपालले दुई वर्षपछि यूएईसँग टी-२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । सन् २०१९ मा नेपालले यूएई भ्रमण गर्दा तीन टी-२० आई र तीन ओडीआई सिरिज खेलेको थियो । दुवै सिरिज नेपालले २/१ ले जितेको थियो । पहिलो खेल हारेर पनि नेपालले लगातार दुई खेल जित्दै सिरिज जितेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...