ओली र प्रचण्डबीच टेलिफोन संवाद, एमसीसी परियोजनाबारे छलफल

Kp oli prachanda

काठमाडौं । लामो समयपछि दुई ठूला कम्युनिष्ट पार्टीका अध्यक्षहरुबीच टेलिफोन संवाद भएको छ । नेकपा हुँदा अध्यक्ष रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच टेलिफोन संवाद भएको हो ।

अमेरिकी सहायक मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेर एमसीसी यही फागुन १६ गतेभित्रमा अनुमोदन नभए फिर्ता हुने र नेपालसँगको सम्बन्धबारे पुनर्विचार गर्ने चेतावनी दिएपछि दलहरुमा दबाव बढेको छ । त्यही दबावका कारण प्रचण्डले ओलीलाई फोन गरेका थिए ।

एमाले एमसीसी पास होस् भन्ने पक्षमा भए पनि अहिले नै आफ्नो पोजिसन क्लियर गर्न भने चाहेको छैन । एमसीसी पनि पास होस्, गठबन्धन पनि टुटोस् भन्ने बटमलाइनमा बसेर एमालेले आगामी रणनीति तय गर्ने नेताहरुको भनाइ छ ।

सो टेलिफोन संवादका क्रममा एमाले अध्यक्ष ओलीले एमसीसी पास गर्छौं भनेर अमेरिकासँग गरेको प्रतिबद्धता पूरा गर्न चुनौती दिएका छन् । सत्ताधारी दलहरुले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमसीसीबारे पास गर्छौं भनेर अमेरिकासँग भनेको भन्दै ओलीले अब त्यो प्रतिबद्धता पूरा गर्न चूनौती दिएका हुन् ।

‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौ भनेर बचन दिनुभएको छ, हटाइसकेपछि चार पाँच महिनामा पारित गर्छौ भनेर लिखित कागज नै गर्नु भएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ । प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस्, नेकपा एमाले त निर्णय गरिहाल्छ’ ओलीलाई उद्यृत गर्दै एमाले प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालले भने ।

प्रचण्डले टेलिफोनमार्फत प्रतिपक्ष दल एमाले अध्यक्षलाई पार्टीको धारणा प्रस्ट पार्न गरेको आग्रहको जवाफमा ओलीले सबैभन्दा पहिला सत्तारुढ दल स्पष्ट हुनुपर्नेमा जोड दिएका हुन् । ओलीले त्यसबारे सत्ताधारी दलहरुले नै निर्णय गर्नुपर्ने जवाफ दिए ।

‘पहिले तपाईंहरुले नै ल्याएको एमसीसी मैले अघि बढाउँदा त्यसलाई मेराविरुद्ध हतियार बनाउनुभयो । तपाईंहरुले अमेरिकी राजदूतलाई दसौंपटक ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमसीसी पारित गर्छौं भन्नुभएको रहेछ । अर्को त लिखितै बुझाउनुभएको रहेछ,’ रिजालले भने, ‘संसदमा तपाईंहरुकै बहुमत छ, यसमा अलमल किन गर्नुहुन्छ रु जनमत किन विभाजित गर्नुहुन्छ ?’

प्रचण्डले ओलीसँग एमसीसीबारे कि अहिले नै सबै दल मिलेर निर्णय गरौं या त चुनावपछि पारित गर्छौं भनेर अमेरिकालाई संयुक्त रुपमा भनौं भन्ने प्रस्ताव गरेका थिए । जवाफमा ओलीले एमसीसी माओवादीका लागि आराजस्तै भएको प्रतिक्रिया दिए ।

‘तपाईंहरु अहिले एमसीसी नामको आरा हातमा लिएर बस्नुभएको छ, अगाडि बढेर पास गरे तपाईंहरुका कार्यकर्ता भड्किन्छन्, जनमत भड्किन्छ । पछाडि फर्किनुहुन्छ अमेरिकाले डन्डा देखाइसक्यो,’ ओलीले प्रचण्डसँग भने, ‘यो आराले अगाडि बढ्दा नि काट्छ ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...