भेटियो माघ ८ मा बालकुमारी मन्दिरबाट हराएको मूर्ति

Murti news

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट यही माघ ८ गते हराएको मूर्ति फेला परेको छ ।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले खुमलटारस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिर नजिक आज बिहान मूर्ति फेला परेको जानकारी दिए ।

स्थानीयका अनुसार मन्दिरभित्र प्रवेश गर्न चारवटा गेट क्रस गर्नुपर्छ, त्यहाँ नौवटा ताला लगाइएका हुन्थे । ती सबै ताला फोडेर मूर्ति चोरिएको थियो । गुठीले बालकुमारी मन्दिरबाट चोरिएको मूर्तिबारे सुराक दिनेलाई ५ लाख पुरस्कार दिने घोषणा गरेको थियो ।

ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार सशस्त्र प्रहरीको क्याम्पको नजिक रहेको करूणा मन्दिर अगाडि मूर्ति जस्ताको तस्तै भेटिएको छ । बालकुमारी माईको उक्त मूर्तिलाई प्रहरीले जावलाखेल लगिसकेको छ ।

बागमती प्रदेश सभा सदस्यसमेत रहेका स्थानीय राजकाजी महर्जनका अनुसार यो मन्दिर गुठीको हो । यो गुठी काठमाडौं उपत्यकाकै धनी मानिन्छ । यसले ६ सय परिवारलाई संगठित गरेको छ ।

प्रतिकृया दिनुहोस