‘ए’ डिभिजन लिगमा दशौँ चरणका खेल आजदेखि

Dasharatha rangashala.jpg

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दशौँ चरणका खेल आजबाट सुरु हुँदैछ । दिनको दोस्रो खेलमा साँझ पौने ५ बजे त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ । खेलमा दुबै टोलीलाई रेलिगेशनको चिन्ता छ। फ्रेन्ड्सले दशौँ खेलमा समेत जित निकाल्न नसके रेलिगेशनको थप दबाब झेल्नुपर्छ ।

फ्रेन्ड्स ३ अंक जोडेर लिगको पुछारमा रहेको छ । फ्रेन्ड्सले ९ चरण सकिदा जित निकाल्न सकेको छैन । बीबीसी ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

आर्मी जित निकाल्दै शीर्ष स्थानको मछिन्द्रलाई दबाब बढाउन चाहन्छ । जावलाखेल आर्मीलाई रोक्दै रेलिगेशनको दबाबबाट मुक्त हुन चाहन्छ । दुबै टोलीलाई केही राष्ट्रिय खेलाडीको साथ रहदा जावलाखेललाई थप बिदेशी खेलाडीले सहयोग पर्नेछ ।

आर्मी १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । जावलाखेल ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...