प्रचण्ड र कोइरालाबीच भेटवार्ता, स्थानीय निर्वाचनमा गठबन्धन गर्न कोइराला अनिच्छुक

Prachanda koirala

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विषयलाई लिएर सत्ता गठबन्धन दलबीच दुरी बढेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्डलाई भेट्न नेता कोइराला आज बिहान खुमलटार पुगेका थिए । कांग्रेस नेता अमरेशकुमार सिंहसहित प्रचण्ड निवास खुमलटार पुगेका कोइराला र प्रचण्डबीच गठबन्धन, एमसीसी, संसद् खुलाउने लगायतका विषयमा छलफल भएको थियो ।

‘संसद्लाई बन्धक नबनाऊ, जे जे गर्ने हो संसद्बाटै छिनोफानो गरौँ’, कोइरालाले अध्यक्ष प्रचण्डलाई गरेको आग्रह उद्धृत गर्दै कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने, ‘जवाफमा प्रचण्डले गठबन्धनको कुरा गर्नुभयो ।’

प्रप्रचण्डसँगको भेटमा कोइरालाले संसद्लाई बन्धक बनाउन नहुने धारणा राखेका थिए । चण्डले स्थानीय चुनावमा गठबन्धन बनाएर जाऔँ भनेर गरेको प्रस्तावलाई कोइरालाले अस्वीकार गरेका थिए । ‘वडा वडामा गठबन्धन सम्भव छैन । केन्द्रबाट तोकेर एलाइन्समा चुनाव लड्ने कुरा म अन्तिमसम्म विरोध गर्छु, बरु चुनावपछि सहकार्य गर्न सकिन्छ’, प्रचण्डलाई कोइरालाको जवाफ थियो ।

यसअघि कोइरालाले मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बालकोट पुगेर भेटेका थिए । ओली सत्ताबाट बाहिरिएपछि कोइरालासँग पहिलो पटक भेटवार्ता भएको हो ।

तर, मंगलबार कोइराला ओली निवास पुग्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनपछि विपक्षी नेताको पोजिसन बनाएका कोइराला राजनीतिक माहोल ताकेका बेला बालकोट पुग्नेले काँग्रेस वृत्तमा बहस जन्मिएको छ ।

सत्ता गठबन्धनमा उत्पन्न गडबड, स्थानीय तह निर्वाचनको मिति घोषणा र एमसीसीको पेचिलो बहसका बीच कोइरालाले ओलीसँग साढे दुई घण्टा ‘वान टू वान’ वार्ता परे । उनीहरूबीच भएको भेटवार्ताको ठोस कुरा सार्वजनिक भएको छैन । यद्यपि कोइरालाले संसद्को गतिरोध र एमसीसी लगायतका विषयमा कुराकानी भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...