कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, निर्वाचनबारे रणनीति तय गर्ने

Congress ofc

काठमाडौं । सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आज बस्दैछ । कांग्रेसले हालै ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो । समितिको यो पहिलो बैठक हो ।

कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, सहमहान्त्रीसहितका पदाधिकारी रहन्छन् । यो समितिमा ३७ सदस्य छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचनको घोषणा गरेसँगै बुधबार कांग्रेस पदाधिकारी बैठक बसेको थियो ।

स्थानीय तह निर्वाचनबारे रणनीति तय गर्न आज कार्यसम्पादन समितिको बैठक डाकिएको हो । यसबाहेक बैठकमा पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाको विषयमा छलफल हुनेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...