राप्रपाको पदाधिकारी बैठक आज बस्दै, पार्टीमा थप क्षति हुन नदिने

Rajendra lingden

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पदाधिकारी बैठक बस्दै छ । पार्टीमा अध्यक्षसहित निर्वाचित सात तथा मनोनीत २४ गरी ३१ पदाधिकारी छन् । पछिल्लो समय देखा परेको विवाद समाधानका लागि पदाधिकारी बैठक बस्न लागेको हो ।

धूम्बाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुने छ । बैठकमा देशभर पार्टीले राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्नेसम्बन्धी कार्य योजनामा समेत छलफल हुने महामन्त्री भुवन पाठकले बताए ।

साथै पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको कसरी अन्त्य गर्ने, पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल हुनेछ ।

गत मङ्सिरमा एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देनको नेतृत्वमा निर्वाचित नयाँ कार्य समितिले पूर्वाग्रही भएर पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गरेको, निर्वाचनमा भएको बाह्य हस्तक्षेपको छानविन गर्न समिति गठन नगरेकोलगायत विषयलाई लिएर असन्तुष्टि व्यक्त गर्दै पूर्वअध्यक्ष कमल थापाले मङ्गलबार पार्टी परित्याग गरेका थिए ।

पूर्वअध्यक्ष थापाले पार्टी परित्याग गरेपछि पार्टीमा थप क्षति हुन नदिने अध्यक्ष राजेन्द्र लिङ्देनको रणनीति छ । थापाले नयाँ राजनीतिक दल स्थापना गर्न गृहकार्य थालेपछि उनीनिकट नेताले राप्रपा परित्याग गर्ने क्रम भने जारी छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...