समाजवादी कांग्रेसले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने

Gobinda niraula 26

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरिसकेको अवस्थामा नेपाल समाजवादी कांग्रेसले बहिष्कार गर्ने घोषणा गरेको छ ।

समाजवादी कांग्रेसले यो सरकारले गर्ने भनेको स्थानीय तहको निर्वाचन अवैध भएकाले बहिष्कार गरेको जनाएको छ । साथै उसले स्थानीय तहको निर्वाचत बहिष्कार गर्न जनतासमक्ष अपिल समेत गरेको छ ।

समाजवादी कांग्रेसले संबैधानिक प्रजातन्त्र, हिन्दुराज्य, स्थानीय स्वशाषन, समाजवादी अर्थनीति, विशेष अधिकार सहितको राजसंस्था जस्ता माग राख्दै आएको छ ।

समाजवादी कांग्रेसले बाध्यकारी अवस्थामा मतदान गर्ने परे पनि सत्ता गठबन्धनभन्दा अन्य दललाई मतदान गर्न आग्रह गरेको छ । नेपाल समाजवादी कांग्रेस सहितको राष्ट्रिय सरकार, राष्ट्रिय सहमति, नयाँ संविधान र त्यसपछि हुने निर्वाचनमा मात्रै आफ्नो पार्टीले भाग लिने अध्यक्ष गोविन्द निरौलाले बताए ।

अध्यक्ष निरौलाले सामाजिक सञ्जालमार्फत अवैधानिक तरिकाले बनेको यो सरकारले स्थानीय निर्वाचन गराउनै नसक्ने जिकिर गरे । उनले वैधानिक तरिकाले निर्वाचन गर्न राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने बताए । उनले अहिलेका राजनीतिक पार्टीहरुबाट देशको हित हुन नसक्ने जिकिर समेत गरे । उनले सामाजिक सञ्जालमार्फत देश बचाउनको लागि २०७२ संविधान खारेज गरेर नयाँ संबिधानको घोषणा गर्न माग पनि गरेका छन् ।

राष्ट्रियता, प्रजातन्त्र, हिन्दुराज्य, राजसंस्थाको पुनर्स्थापना जस्ता माग पूरा गराउन भन्दै समाजवादी कांग्रेसले विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ । उसले आफ्नो माग पूरा गराउन आमसभा, घरदैलो कार्यक्रम, सडक बहस जस्ता कार्यक्रम सञ्चालन गररेको थियो ।

सो पार्टीले केही समयअघि संघीयता र धर्म निरपेक्षताले राज्य विखण्डन ल्याउने हुँदा २०७२ मा जारी भएको संविधान बहिष्कार गर्न आव्हान गर्दै पर्चा वितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...