‘चपली हाइट ३’ फेरि प्रदर्शनमा आउने

Chapali hight 3

काठमाडौं । कोरोना संक्रमणका कारण नेपाली चलचित्र प्रदर्शन हुसकिरहेका छैनन् । यही बेला फिल्म ‘चपली हाइट ३’ आगामी फागुन १ गतेदेखि फेरि रिलिज हुने भएको छ ।

निर्माण संस्था अर्जुन कुमार फिल्म प्रालिको व्यानरमा निर्माण भएको चपली हाइट ३ ‘पुस ३० गतेबाट प्रदर्शनमा आएको हाम्रो चलचित्र प्रदर्शन हुँदाहुँदै नेपाल सरकारले हल बन्द गरेको कारण स्थगित भएको थियो । अव फेरि हल खुलेसँगै फागुन १ बाट फिल्म प्रदर्शनमा आउँदैछ’ निर्माता अर्जुन कुमारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

निर्माता अर्जुन कुमारले फेरि फिल्म रिलिज हुनु आफ्ना लागि दोस्रो मौका भएको समेत बताएका छन् । उनले मिडिया, प्रदर्शक लगायतबाट सहयोगको अपेक्षा रहेको समेत विज्ञप्तीमा उल्लेख गरेका छन् ।

निकेश खड्काको निर्देशन रहेको सस्पेन्स, थ्रीलर कथामा बनेको फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।

 

प्रतिकृया दिनुहोस