पूर्व पञ्चहरुको पार्टीमा भाडभैलो, राप्रपामा भयो तरंग

Rpp news

काठमाडौं । पूर्व पञ्चहरुको पार्टीको उपमा पाएको राप्रपा जुट्दै फुट्दै आएको छ । २०४८ सालमा लोकन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाले राप्रपालाई राप्रपा चन्द र राप्रपा थापा भनेर गठन गरेका थिए । फरकफरक पार्टीबाट निर्वाचनमा होमिदा नराम्रो हार वेहोरेपछि राप्रपा एकता भयो । त्यसयता कहिले जुट्दै र कहिले फुट्दै आएको छ ।

गत वर्ष डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमसेर राणासँग पार्टी एकता गर्दा कमल थापाले गिता हातमा राखेर कहिले पनि पार्टी नफुटाउने कसम खाएका थिए । तर, एकता महाधिवेसनमा पराजित भएको करिव साँढे २ महिना नपुग्दै अर्काे पार्टी गठनको गृहकार्य थालेका छन् ।

गत मंसिर १५–१८ मा भएको राप्रपाको महाधिवेसनमा अध्यक्षमा राजेन्द्र लिङदेन विजयी बने । उनका प्रतिद्धन्द्धी कमल थापा पराजित हुँदा नै अब राप्रपा धेरै लामो समयसम्म एक हुँदैन र चाँडै फुट्छ भनेर आँकलन गरिएको थियो ।

त्यसबेला थापाले पुर्व राजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर पराजित गराएको गुनासो गर्दै आएका थिए । उनले २७ मंसिरमा अध्यक्ष लिङदेनलाई पत्र लेखेर सो बिषयमा छानबिनको माग गरेका थिए । उनले १६ माघमा स्मरण पत्र लेखेको भए पनि सुनुवाई नभएको आरोप थापाले लगाउँदै आएका थिए ।

एकता महाधिवेसन गरेको साँढे २ महिना नपुग्दै विभाजनको नजिक पुगेको छ । गृह जिल्ला हेटौडा पुगेर थापाले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । जसले फेरि पूर्व पञ्चहरु सधैं एकै ठाउँमा बस्न सक्दैनन् भन्ने पुष्टि गरेको छ ।

थापाले पार्टी परित्यागको घोषणा गरेपछि राप्रपामा तरङ्ग सिर्जना भएको छ । हिन्दुराष्ट्र र राजतन्त्रको एजेण्डालाई सशक्त बनाउने लक्ष्य लिएको पार्टीबाट महत्त्वपूर्ण हस्ती थापा बाहिरिएपछि तरङ्ग सिर्जना भएको हो ।

०६२/६३ पछि थापाको नेतृत्वमा गठित राप्रपा नेपालमा अध्यक्ष लिङ्देनले थापालाई साथ दिँदै आएका थिए । पछिल्लो महाधिवेशनमा पुस्तान्तरणको मुद्दा उठाएर उनी थापासँग चुनाव लडेका थिए । लिङ्देन निर्वाचित भएपछि बधाई दिएका थापाले आफ्नो पराजयलाई निर्मलनिवासको हस्तक्षेपको परिणाम भन्दै आएका थिए ।

थापाले निर्मलनिवासबाट आफूविरुद्ध भएको हस्तक्षेपको छानबिनका लागि माग गर्दै २७ मंसिर र १६ माघमा अध्यक्ष लिङ्देनलाई चिठी लेखेका थिए । यद्यपि, थापा र लिङ्देनबीच प्रत्यक्ष भेटवार्ता र संवाद भएको थिएन । थापा पार्टीको कुनै पनि कार्यक्रममा सहभागी भएका थिएनन् भने पार्टी कार्यालयसमेत टेकेका थिएनन् । तर, लिङ्देनले भने धुम्बाराहीस्थित थापाले प्रयोग गरेको अध्यक्षको कार्यकक्ष थापाकै लागि छाडिदिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...