घट्यो कोरोना, घटेनन् मृतक : थप १९५७ जनामा कोरोना संक्रमण पुष्टि

Corona death

काठमाडौँ । नेपालमा केही दिनयता निरन्तर रुपमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । तर, मृतकको संख्या भने घटेको छैन ।

नेपालमा हिजो १३ जना कोरोना संक्रमण कारण मृत्यु भएको थियो । सो संख्या आज घटेको छ । तर, कोरोना संक्रमण दर घटेको जस्तो मृत्यु हुनेको संख्या भने खासै घटेको छैन । आज कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ८३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै नेपालमा थप १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ५ सय ८७ पिसिआर परीक्षणका क्रममा १ हजार १८४ जना र ४ हजार १०५ एन्टिजेन परीक्षणका क्रममा ७७३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार थप ५ हजार १०३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख २० हजार ५९२ जना निको भएका छन् । हाल नेपालमा ३६ हजार १ सय ८१ सक्रिय संक्रमित आइसोलेसन र १४० जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस