मोरङ हत्याकाण्ड : १५ लाखको ‘डिल’ हुँदा खाल्डो खन्नेलाई ४० हजारकाे रुपैयाँ सुपारी

Anil mandal

काठमाडाैं । मोरङको उखुबारीमा र ललितपुरको धापाखेलमा ३ जनाको हत्या गर्न मुख्य योजनाकारले १५ लाखमा ‘डिल’ गरेको खुल्ल खाएकाे छ ।

मङ्सिर २८ मा धापाखेलमा मोहन प्रसाद लिम्बुको हत्या गरिएको थियो । उनको शव माघ २० मा भेटियो । धरान घर भएका राजेन्द्र कुमार श्रेष्ठलाई पुस ५ मा र सप्तरी घर भएका शम्भु चौधरीलाई पुस ७ मा हत्या गरिएको थियो । राजेन्द्र र शम्भुको शव मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीको खाल्डोबाट उत्खनन गरिएको छ ।

तीन जनाको हत्या गर्ने मुख्य योजनाकार हुन्, सिराहा घर भएका ३१ वर्षीय अनिल कुमार मण्डल । उनलाई मोरङको जहदा गाउँपालिका–४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित शाहले साथ दिएका थिए । उनीहरू सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हत्यामा मोरङ धनपालथान गाउँपालिका–७ का नासिर आलम, मोरङको रंगेली नगरपालिका–३ आमतोला बस्ने भारतीय नागरिक मोहम्मद सुभाष र सुनसरीको देवानगञ्ज गाउँपालिका–६ घर भएका १८ वर्षीय मोहम्मद हकिमलाई पैसा दिएर खेतालाको रूपमा प्रयोग गरिएको थियो ।

उनीहरूलाई अमित शाहले जनही ४० हजार रुपैयाँ ‘सुपारी’ दिएका थिए । अनुसन्धानबाट ३ जनाले जनही ४० हजार लिएको खुलेको मोरङका एसपी जनार्दन जिसीले बताए । उनले भने–‘अनिल र अमित मुख्य मान्छे हुन्, अरूलाई जनही ४० हजार नेपाली रुपैयाँ दिएर प्रयोग गरेको देखिन्छ ।’

अनिलको योजना सफल बनाउन हत्याको परिपञ्च मिलाउने र हत्या गर्ने मान्छे खोज्ने काम अमितले गरेका थिए । अमितले ४० हजार ‘सुपारी’ दिएर ३ जनासँग काम भएपछि १५ लाख रुपैयाँ दिने ‘डिल’ गरेको अनुसन्धानबाट थाहा भएको छ । ‘१५ लाखमा डिल भएपछि सबैजना मिलेर हत्या गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीसँग भने–‘डिल अमितले गरेका थिए, हत्या गर्ने र खाल्डो खन्ने ३ जनाले अमितलाई मात्र चिन्छन्, अनिललाई चिन्दैनन् ।’ अहिलेसम्म खुलेका ५ जना आरोपीलाई पक्रेर जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको छ ।

१ करोड ६५ लाखको विवाद परेपछि याे घटना खुल्ल खाएकाे छ । शम्भु चौधरीले दाङको लमहीमा बन्दै गरेको सडकको ठेक्कामा पार्टनरसिप गरेका थिए । त्यसका लागी उनलाई ‘बैंक ग्यारेन्टी’ चाहिने भयो । सो कुरा राजेन्द्र र मोहनसँग उनले सेयर गरे ।

अनिल कुमार मण्डलसँग कुरा भएपछि उनले भरत खड्कासँग सम्पर्क गराए । ललितपुरमा खड्काको जग्गा थियो । जग्गा राखेर ‘बैंक ग्यारेन्टी’ बनाउन र बैंकबाट ऋण निकाल्न खड्काले ५५ करोड लिने सहमति भएको थियो ।

‘भरत खड्काले एक वर्षका लागि १८ प्रतिशत व्याजमा शम्भुसँग ५५ करोड लिने अनि, एक वर्षमा तिर्न नसकेमा जग्गा शम्भुको हुने सहमति भएको रहेछ,’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले भने–‘यहाँ शम्भु र भरत लिनेदिने हुन, अरू मध्यस्थकर्ता मात्र ।’ नेपाल बंगलादेश बैंकबाट सो काम गर्ने सहमति भएको थियो ।

सो काम गराएबापत भरत खड्काले अनिललाई ५५ करोडको ३ प्रतिशत ‘कमिसन दिन्छु’ भनेका थिए । ३ प्रतिशत आउँदा १ करोड ६५ लाख आउँथ्यो । अनिल कुमार मण्डलले ३ प्रतिशतको कुरा गरेपछि मोहनले शंका गर्न थाले । तेह्रथुम घर भएका ६२ वर्षीय मोहन प्रसाद लिम्बुको भनाइ थियो–‘कमिसन धेरै आउँछ, त्यति मात्र होइन ।’

त्यसपछि मोहनले भरतलाई भेट्न खोजे । मोहन अघि बढ्न खोजेपछि अनिलले योजना बनाएर सबैभन्दा पहिले उनको इहलीला समाप्त गरिदिए । विराटनगरमा सँगै गएर राजेन्द्रको हत्या गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...