खेलकुद मन्त्री गहतराजले गरे राखेपको ज्ञापनपत्र अस्वीकार

Maheshwor gahatraj   khelkuda mantri

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यहरुको ज्ञापनपत्र लिन अस्वीकार गरेका छन् । बोर्ड सदस्यले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापन पत्र लिन अस्किार गरेका हुन् ।

मन्त्री गहतराजले ज्ञापनपत्र लिन अस्किार गरेपछि बिहीबार बोर्डका सदस्यहरुले युवा तथा खेलकुद मन्त्रालयको सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन् ।

विगत पाँच महिनायता परिषद्को बैठक बस्न नसक्दा राखेपमा अन्योलता छाएको परिषद्का कार्यकारी बोर्ड सदस्य यकेन्द्रबहादुर कुँवरले बताए ।

खेलकुद मन्त्रीको अकर्मण्यता भएको आरोप बताउँदै अहिले कर्मचारीहरुले तलब खान नपाउने परिस्थिति बनेको नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले बताए । उनले खेल र खेलाडीमा राजनीति नगर्न पनि मन्त्री गहतराजलाई आग्रह गरेका छन्। मन्त्रीका कारण नवौं राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने भए पनि लथालिंग भइरहेको आरोप लगाए । 

 
 
 

प्रतिकृया दिनुहोस