औपचारिक रुपमा फेरि फुट्यो जनमोर्चा, पौडेल बने केन्द्रीय समन्वय समितिको अध्यक्ष (नामावलीसहित)

New rajamo

काठमाडौं । सत्ता गठबन्धनमा संलग्न नेकपा मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा औपचारिक रुपमा विभाजन भएको छ । मोहन विक्रम सिंह, चित्रबहादुर केसी र दुर्गा पौडेलले पार्टीलाई कांग्रेसको पिछलग्गु बनाएको आरोप लगाउँदै कृष्णराज पौडेलको नेतृत्वमा विद्रोह भएको हो ।

यसअघि नेकपा मसालबाट नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ । आज भर्चुअल माध्यमबाट सम्पन्न राष्ट्रिय जनमोर्चाको विशेष राष्ट्रिय भेलाबाट निर्वाचित राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका अध्यक्ष कृष्णराज पौडेलको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समन्वय समिति घोषणा गरेको छ ।

जसको उपाध्यक्षहरू चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारी, महासचिव लालबहादुर जाग्री, सचिव गौरीलाल कार्की र कोषाध्यक्ष ओमबहादुर केसी चयन भएका छन् । सो समितिमा रामबहादुर जीएम, शशि बुढाथोकी, मनु विक, नारायण सापकोटा, नरबहादुर थापा, लक्ष्मी न्यौपाने लगायतलाई केन्द्रीय सदस्य बनाएको छ ।

मूल पार्टीबाट छुटिएको अर्को समूह नेकपा मसाल केन्द्रीय समन्वय केन्द्र भने माओवादी केन्द्रमा समाहित भइसकेको छ । सो समूहका ६ जना माओवादी केन्द्रमा केन्द्रीय सदस्य बनेका छन् ।

प्रतिकृया दिनुहोस