विमलको गोलले दशकपछि नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी

Nepal khel

काठमाडौं । राष्ट्रिय टिममा पुर्नआगमन गरिरहेका विमल घर्तीमगरको निर्णायक गोलसँगै नेपालले मौरिसस विरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १–० को जित निकालेको छ । एक दशकभन्दा बढी समयपछि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात पारेको हो । यस्तै नेपाल दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी रहेको यो पहिलो पल्ट हो ।

२६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गरेका हुन् । सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर थिए ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि दशरथ रंगशालामा जित आत्मसात् गरेको यो पहिलो पल्ट हो । नेपालले सन् २०११ देखि कुनै पनि मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न सकेको थिएन् । यस जितपछि नेपालको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा लगातार २३ खेलको जितहीन यात्रामा पूर्ण विराम लगाएको छ ।

विमलले ५५ औं मिनेटमा गोल गरेका हुन् र यो उनको व्यक्तिगत नवौं गोल हो । उनले अन्तिम पटक सन् २०१९ मा बंगलादेशविरुद्ध साफ च्याम्पियनसिपमा ढाकामा गोल गरेका थिए । यस्तै उनले नेपालका लागि अन्तिम पटक सन् २०१९ को नोभेम्बरमा म्यानमारविरुद्ध खेलेका थिए ।

घुँडाको चोटबाट मुक्त हुन शल्यक्रिया गरेपछि उनी विमल पुरानो लय समाट्ने प्रयासमा छन् । त्यसयता पहिलो पल्ट नेपालका लागि खेलिरहेको विमलले मोरिससका तीन डिफेन्डरबीच प्राप्त बललाई पोस्टको दिशा दिए । उनलाई अञ्जन विष्टले पास उपलब्ध गराएका थिए । यस खेलबाट विमलसँगै जगजित श्रेष्ठ र दिनेश राजवंशीले राष्ट्रिय टिममा पुर्नआगमन गरेका छन् ।

जगजितले सात वर्षपछि नेपालका लागि खेले । अस्ट्रेलिया जान अगाडि उनले सन् २०१५ मा अन्तिम पटक नेपालका लागि खेलेका थिए । निराशाजनक पहिलो हाफमा दुवै टिमले खासै उल्लेखनीय आक्रमण बुन्न सकेनन् । दोस्रो हाफको सुरुमै मोरिससको फर्नान्डो ज्याक्सनको प्रहार पोस्टमा लागेर फर्केको थियो ।

यसै खेलबाट डिफेण्डर देवेन्द्र तामाङ र जगजित श्रेष्ठले पनि राष्ट्रिय टिममा कमब्याक गरे । देवेन्द्रले पहिलो रोजाईमा खेल्दा जगजित दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

शनिबारको खेलमा मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढमगरले डेब्यू गरेका छन् । पहिलो हाफमा नेपालले गोल गर्ने केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन । पहिलो हाफमा सुमन लामाले पेनाल्टी बक्स बाहिरबाट हानेको दुई प्रहार पोष्ट माथिबाट बाहिरियो । अन्जन विष्टले दुई अवसर सदुपयोग गर्न सकेनन् । यसैगरी सुनिल बलको फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिएको थियो ।

नेपालले दोस्रो हाफमा थप दुई गोल गर्ने अवसर गुमाएको थियो । अञ्जन विष्टको हेडर बारमा लागेर फर्किँदा जगजित श्रेष्ठको हेडर मोरिससका गोलकिपर कप्तान केभिनले बचाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘पूर्वै घुमौला’ मा मनोज र रचनाको स्वरमै धमका (भिडियोसहित)

Manoj and rachana

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका एक होनाहार र सशक्त व्यक्ति मनोज साङसोन राई । भोजपुरमा जन्मिए...