ठेकेदारको लापरवाहीले मृत्युको मुखमा पुगे कमल परियार, पैसा नहुँदा उपचारमा समस्या

Kamal pariyar

काठमाडौं । सल्यानको बाफुरखोला घर भएका २९ वर्षीय कमल परियार जिविकोपार्जनका लागि निर्माणसँग सम्बिन्धत रहेर लेवर काम गर्दै थिए । सोही क्रममा काठमाडौंको किर्तिपुरमा केशव महर्जनले निर्माण गर्दै आएको घरमा काम गर्दै थिए ।

तर, पुस २२ गते काम गर्दा गर्दै उनको जीवनमा साह्रै नराम्रो दशा लाग्यो । उनी ३ तलाबाट भुईमा खसे । उनको जीवनमा सोच्दै नसोचे दशा आइलाग्यो ।

उनको शरिरमा भाला पस्यो । उनीसँग उपचार गर्ने पैसा थिएन । गरिवीको चपेटामा रहेका परियारको उपचार गर्नुभन्दा घर पठाउन हाइसन्चो हुन्छ भन्ने ठानेर पुस २४ गते ठेकेदार महर्जनले सामान्य उपचार गराएर हतार हतार सल्यान पठाए ।

बुबा आमा नै नभएका परियार ससुरालीमै बस्दै आएका कारण उनलाई सरासर कपुरकोट गाउँपालिका वडा नं. ६ लगियो । त्यहाँ लगेपछि उनी झनझन विरामी भए । ससुराले २६ गते दाङस्थित राप्ती अस्पतालमा उपचारका लागि लगे । सो अस्पतालले त्यहाँ उपचार हुन नसक्ने बताएपछि माघ २ गते काठमाडौंस्थित वीर अस्पताल ल्याउर उपचार शुरु गरे ।

तर, गाउँबाट ५ हजार रुपैयाँ मात्रै बोकेर आएर कमलका सासु ससुरा आफ्नो ज्वाईको उपचारका लागि अनुनय गरिरहेका छन् । वीर अस्पतालको आइसियुमा उपचार भइरहेको छ । उनी अर्धचेत अवस्थामा छन् । उनको आन्द्रामा प्वाल परेको छ । उनी जीवन मरणको दोसाँधमा छन् । पैसाको अभावमा परियारको आन्द्राको शल्यक्रिया हुन सकिरहेको छैन ।

‘ज्वाईलाई बचाउन साह्रै समस्या परिरहेको छ । हामीसँग एक पैसा पनि छैन’ सासु महिमा दमाईले भनिन्, ‘ज्वाई त्यसै पनि टुहुरो हुनुहुन्छ । खोई कसरी बचाउने भनेर अन्योलमा परेका छौं ।’ कमलको श्रीमति र ३ वर्षको छोरी छन् ।

ठेकेदारको लापरवाही
आफुले काम लगाएको मजदूरलाई राम्रोसँग उपचार गराउनको सट्टा ठेकेदार महर्जनले हतारमा गाउँ फर्काएपछि परियारको उपचारमा ढिलाई भएको थियो । जसका कारण कमल अहिले मृत्युसँग पौठेजोरी खेलिरहेका छन् ।

घटना भएको यत्तिका दिनसम्म चुपचाप बसेका ठेकेदार महर्जनले बल्लबल्ल आज उपचार खर्च भनेर १५ हजार दिएका छन् । सो घटनाबारे मंगलबार मात्रै जनप्रतिनिधि र अधिकारकर्मीहरुले थाहा पाएपछि ठेकेदारको खोजी गर्न थालेका थिए । सोही क्रममा उनले आफ्नो निर्माण कम्पनिका सुपरभाइजरमार्फत १५ हजार रुपैयाँ दिएर पन्छिएका छन् ।

तर, अधिकारकर्मीहरुले भने कमल परियारको उपचारको सम्पूर्ण खर्च ठेकेदारले बेहोर्नुपर्ने, छोरी र श्रीमतिको पालनपोषणका लागि सहयोग गर्नुपर्ने बताउँदै आएका छन् ।

किर्तिपुर नगरपालिका वडा नं.२ की जनप्रतिनिधि मनकुमारी विश्वकर्माले ठेकेदार महर्जनसँग समन्वय भइरहेको जानकारी दिइन् । उनका अनुसार महर्जनले घटनाको स्वीकार गरेको र सकेसम्म सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...