राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिम, कर्णाली र बागमतिमा गठबन्धनका तर्फबाट उम्मेदवार विजयी

Karnali ummedawar

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिममा भएको निर्वाचनमा गठबन्धन समूहबाट उम्मेदवारी दिएका तीन जना नै विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका दलित तर्फका उम्मेदवार जगत पार्की, गरिमा शाह र नारायणदत्त मिश्र निर्वाचित भएका हुन् । दलिततर्फ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत पार्कीले १०५ मतभार ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विकले ७९ मतभार मात्र प्राप्त गरेका छन् । दलित तर्फका तीन मत बदर भएका थिए ।

यसैगरी महिला सदस्य तर्फ कैलालीकी गरिमा शाह विजयी भएकी छन् । नेकपा एकिकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएकी शाहले प्रदेशसभातर्फ एक हजार ८७२ मतभार र स्थानीय तहतर्फ एक हजार ९६२ मतभार पाएर निर्वाचित भएकी हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ एक हजार १५२ मतभार प्राप्त गरेकी छन् । विजयी शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन् ।

यसैगरी राष्ट्रियसभाको खुला सदस्य तर्फ कैलालीका नारायणदत्त मिश्र विजयी भएका छन् । कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका मिश्र १४३ मतभार ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार डोटीका डिल्लीराज भट्टले ८२ मतभार प्राप्त गरेका छन् ।

यस्तै दुई मत बदर भएको निर्वाचन कार्यालय प्रमुख प्रेमदत्त भट्टले बताए । मतदानमा ५२ प्रदेशसभा सदस्य र १७५ स्थानीय तहका जनप्रतिनिधिसहित २ सय २७ मतदाता सहभागी भएका भट्टले बताए ।

यता, राष्ट्रियसभा सदस्य पदका लागि कर्णाली प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट माओवादीका माओवादीका नरबहादुर विष्ट, काँग्रेसकी दुर्गाकुमारी गुरुङ, र एकीकृत समाजवादीका उदय बोहोरा निर्वाचित बनेका हुन् ।

निर्वाचित बनेका विष्टले तीन हजार ६, गुरुङले २ हजार ९७० र बोहोराले प्रदेश सभाका २१ र स्थानीय तहका १११ सहित ३००६ मतभार प्राप्त गरेका छन् । यस्तै पराजित बनेका एमालेका गंगा थापा महतले १ एक हजार ४१६ पदमबहादुर माझीले १ हजार ३९८ र चूडामणि शर्मा १४ १६।ले मत मात्र प्राप्त गरेको प्रदेश निर्वाचन अधिकृत दुर्गा प्रसाद चालिसेले रातोपाटीलाई जानकारी दिए ।

बुधबार बिहान नौ बजेदेखि प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगरमा भएको मतदान दिउसो ३ बजे सकिएको थियो । मतदान गर्ने ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र १५६ पालिका पदाधिकारीमध्ये १५५ जनाको मत खसेको थियो ।

मतदान नगर्नेमा प्रदेशसभा सदस्य तथा राप्रपा नेतृ सोशिला शाही र कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली रहेकी छन् ।
त्यसैगरी बागमती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवार ९महिला०मा गोमादेवी तिमल्सिना र (अन्य) मा गठबन्धन दलकै कृष्ण प्रसाद पौडेल विजयी भएका छन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी पार्टी र पौडेल कांग्रेसका उम्मेदवार हुन् ।

तिमल्सिना र पौडेल क्रमश ४ सय ६३ र ४५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिष्पर्धा नेकपा एमालेकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरेकी छन् । त्यस्तै नेमकिपाका महिला उम्मेदवार गीता काफ्लेले १३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी अन्य सदस्य पदमा गठबन्धन दलका उम्मेदवार कृष्ण प्रसाद पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गरेका छन भने उनका निकटतम एमालेका उमेदवार गोपाल शाक्यले ४३४४ मतभार प्राप्त गरेका छन् भने नेमकिपाका उम्मेदवार कृष्ण बहादुर तामाङले १३२ मतभार प्राप्त गरेका छन् ।

स्थानीय तह अन्तर्गत २३७ मा महिला तर्फका उम्मेदवार तिमल्सिनाले ले ११६ मत र कुँवरले ११७ मत पाएका छन् । त्यसैगरी गीता काफ्लेले २ मत र २ मत बदर भएको छ । यता स्थानीय तह अन्तर्गत अन्य सदस्य पदका उम्मेदवार पौडेलले २३७ मतमा ११७ मत र शाक्यले ११६ मत प्राप्त गरेका छन भने नेमकिपाका उम्मेदवार २ तामाङले मत प्राप्त गरेका छन भने दुई मत बदर भएको छ। प्रदेशसभा अन्तर्गत १०६ मा तिमल्सिनाले ले ५७ मत र कुँवरले ४७ मत पाएकी छिन् भने नेमकिपा उम्मेदवार काफ्लेले २ मत प्राप्त गरेकी छन्।

 

प्रतिकृया दिनुहोस