प्रदेश १ मा एकीकृत समाजवादीलाई अर्काे सफलता : राष्ट्रियसभामा जयन्ती राई निर्वाचित

Jayanti rai

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेशमा अर्काे झड्का लागेको छ भने एमालेबाटै विद्रोही गरेका गठन भएको नेकपा एकीकृत समाजवादीलाई ठूलो सफलता हात लागको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादी पार्टीकी नेतृ राई बिजयी भएकी हुन् । उनले ४ हजार ६९२ मतभार पाइन् ।

एमालेबाट उम्मेदवार बनेकी सावित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गरिन् । निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छिन भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० मत प्राप्त गरेकी छिन् । तीन मत भने बदर भएको निर्वाचन अधिकृत लम्सालले बताए । 

 

प्रतिकृया दिनुहोस