रामेछापमा एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुको संख्या बढ्दै

Ramechap yes

काठमाडौं । विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नेहरुको लहर बढेको छ । यसैक्रममा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरि रामेछापका युवाहरु नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

रामेछापका खाँडादेवी गाउँपालिकाका कांग्रेस कार्यकर्ता मेखबहादुर श्रेष्ठ शनिवार नेकपा एसमा प्रवेश गरेका छन् । शुक्रबार एमाले र कांग्रेसका करिब एक दर्जन जिल्लास्तरका कार्यकर्ता प्रवेश गरेका थिए ।

प्रवेश गर्नेमा खाँडादेवी–५ का कष्ण श्रेष्ठ,सुजन श्रेष्ठ, दलवहादुर श्रेष्ठ, श्याम श्रेष्ठ, सागर पौडेल, सुदिप सिलवाल लगायत रहेको नेकपा एसका जिल्ला सहइन्चार्ज होम बुढाथोकीले बताए ।

उनीहरुलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा जिल्ला इन्चार्ज तथा पोलिटव्युरो सदस्य देवशंकर पौडेल,अनेरास्ववियुकी महासचिव आरती लामा,नेता विजय गुरुङ,रमेशबाबु श्रेष्ठ लगायतले नवप्रवेशीलाई स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...