वाइवाइ डाइनामाइट 'ए' तथा 'बी' डिभिजन सुपर लिग प्रतियोगिता सम्पन्न

Dkt footbal

धनकुटा । जिल्लास्तरीय वाइवाइ डाइनामाइट 'ए' तथा 'बी' डिभिजन सुपर लिग प्रतियोगिता सम्पन्न भएको छ । डाइनामाइट 'ए' डिभिजनको उपाधी देउराली युवा क्लब धनकुटाले हात पारेको छ ।

धनकुटा जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको उपविजेतामा ए डिभिजनतर्फ रारा समाज सेवा राजारानी र बी डिभिजनतर्फ सिंहदेवी युवा क्लब सिंधुवा भएका छन् ।

ए डिभिजन सुपर लिगको विजेता देउरालीले ४० हजार र उपविजेता रारा समाज सेवाले २० हजार नगदसहित ट्रफि प्राप्त गरे । बी डिभिजन नकआउट फुटबल प्रतियोगिताको विजेता डाँडाबजारले २५ हजार नगद र ट्रफि तथा उपविजेता सिधुवाले १२ हजार ५ सय नगद र ट्रफि हात प्राप्त गरे ।

ए डिभीजन सुपर लिगमा ६ टीमको सहभागिता रहेको छ भने बी डिभिजन नकआउट फुटबल प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो । धनकुटा फुटबल संघमा १७ टिम आबद्ध रहेकोमा बी डिभिजनमा रहेका भेडेटारको पाथिभरा युवा क्लब सहभागी नभएको धनकुटा फुटबल संघका अध्यक्ष गोविन्द राईले जानकारी दिए ।

'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' नारासहित भएको प्रतियोगिताको समापनमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।

ए डिभीजन सुपर लिगमा ६ टिमको सहभागिता छ भने बी डिभिजन नकआउट फुटबलमा १० टोली सहभागी थिए । प्रतियोगितामा बी डिभिजन नकआउट फुटबलको विजेता डाडाँबजार ए डिभिजन सुपर लिगमा बढुवा भएको छ । ए डिभिजन सुपर लिगको अन्तिम हुने मार्गादेवी युवा क्लब धनकुटा-५ बी डिभिजनमा घटुवा भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...