राष्ट्रियसभा चुनाव : १९ पदका लागि ७ प्रदेशमा ४४ उम्मेदवार, कुन–कुन दलले दिए उम्मेदवारी ? (सूचीसहित)

Rastriya sava nirbachan

काठमाडौं । आगामी माघ १२ गते राष्ट्रियसभाका १९ पदमा हुने निर्वाचनका लागि सत्ता गठबन्धनले साझा उम्मेवदार बनाएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने एकल उम्मेदवारी दिएको छ ।

१९ सिटमा सत्ता गठबन्धन दलले भागबण्डा गरेर नेपाली कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५र५, जनता समाजवादीले २ र जनमोर्चाले एक सिटमा प्रतिस्पर्धा गर्दैछन् । एक्लै चुनावी मैदानमा रहेको एमालेले रिक्त १९ पदमा एक्लै उम्मेदवारी दर्ता गरेको छ ।

आयोगको निर्वाचन कार्यतालिका अनुसार आज सातवटै प्रदेशको निर्वाचन कार्यालय पुगेर विभिन्न दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन आयोगले तोकेको तोकेको समयभित्र विभिन्न ९ राजनीतिक दलका ४४ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिपक्षी दल एमालेले १९ वटै सिटमा उम्मेदवारी दर्ता गराएको छ । सत्तारुढ गठबन्धनले १९ सिटमा साझा उम्मदेवार उठाएका छन् । काँग्रेसले ६ सिट लिएको छ भने माओवादी र नेकपा (एकीकृत समाजवादी) ले ५र५ सिट पाएका छन् । जसपाले २ र राजमोले एक सिट गरी पाँच दलीय गठबन्धनले १९ सिटमा तालमेल गरेका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टीले पनि दुई–दुई सिटमा उम्मेदवार उठाएका छन् ।

राष्ट्रियसभा सदस्यका लागि हरेक प्रदेशका उम्मेदवारलाई सो प्रदेशका प्रदेशसभा सदस्यहरु र पालिकाका प्रमुख–उपप्रमुखहरुले मतदान गर्ने संवैधानिक प्रावधान छ । यसका लागि माघ १२ गते हरेक प्रदेशमा मतदान हुनेछ ।

माघ १२ गते हुने निर्वाचनका लागि आयोगले मंगलबार बिहान १० बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका तय गरेको थियो । रिक्त १९ राष्ट्रिय सभा सदस्यको पदका लागि माघ १२ मा हुने निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सातजना अन्य समूहबाट निर्वाचित हुनेछन् ।

कुन पार्टीले कसलाई बनाए उम्मेदवार ?

नेकपा एमाले
एमालेका तर्फबाट प्रदेश १ बाट गुरु बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दिएका छन् भने प्रदेश २ बाट उसमान अन्सारी र विना र साहले उम्मेदवारी दिएका छन् । त्यस्तै वागमती प्रदेशबाट गोपाल शाक्य र निरकुमारी कुँवरलाई उम्मेदवार बनेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा अर्जुनकुमार सुनाम, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेल उम्मेदवार बनेका छन् भने लुम्बिनी प्रदेशमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ताले उम्मेदवारी दिएका छन् । कर्णाली प्रदेशबाट एमालेले पदमबहादुर माझी, गंगा थापा र चूडामणि शर्मालाई उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेस
नेपाली काँग्रेसले प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिममा नारायण मिश्रलाई उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्र
माओवादी केन्द्रबाट प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांग/अल्पसंख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित)ले उम्मेदवारी दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी)
नेकपा एकीकृत समाजवादीबाट प्रदेश १ मा जयन्ती राई, बागमतीबाट गोमा तिमिल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहरा र सुदूरपश्चिमबाट मदनकुमारी साह (गरिमा) राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका छन् ।

जसपा

जनता समाजवादी पार्टीले प्रदेश १ र २ मा एक–एकजना उम्मेदवार बनाएको छ । जसमा प्रदेश एकबाट अल्पसंख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीले राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दिएका छन् ।

लोसपा- लोसपाबाट प्रदेश २ मा सप्तरीका श्याम सरदार र महोत्तरीकी रुपा कुमारी यादव उम्मेदवार बनेका छन् ।

राजमो- गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले लुम्बिनीमा राजेश विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।

नेमकिपा- नेपाल मजदुर किसान पार्टीले बागमतीमा गीता काफ्ले र कृष्ण तामाङलाई उम्मेदवार बनाएको छ ।
राप्रपा- अमर बहादुर विष्ट र रञ्जु प्यकुरेललाई प्रदेश १ मा राष्ट्रियसभा सदस्य उम्मेदवार बनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...