सुनसरी जिल्ला प्रशासनले नागरिकता प्रतिलिपी बनाएकाे ५ देखी १० हजार सेवाग्राहीबाट अशुल्दै

905x525 20190310 172802

काठमाडाैं । राष्ट्रिय परिचयपत्र लागूभए सगै सुनसरी जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेकाे छ । उक्त मानिसकाे चापसँगै सेवाग्राहीले समयमा नागरिकता नपाएकाे गुनासाे प्राप्त भएकाे हाे ।

नागरिकता प्रतिलिपी लिनेको बिशेष भीड बढेको छ । प्रतिलिपी लिन आउने सेवाग्राहीलाई तोकिएको समयमा प्रतिलिपी नपाउने समस्या रहेको अबस्थामा छ । यहीँ पुस १ गतेबाट प्रतिलिपि शाखा सम्हाल्दै आउनुभएका प्रशासकीय अधिकृत कृष्ण सुवेदी आएपछी निकै ब्यबस्थित र चलखेल रहित ढङ्गले नागरिकताको प्रतिलिपी बितरण भैरहेको सेवाग्राही स्वयं बताउछन् ।

हिजोसम्म एउटा नागरिकता बनाएको ५ हजार देखी १० हजारसम्म कार्यालयकै कर्मचारीले उठाउने गरेको आफुले देखेको भन्ने भनाई सोही कार्यालय नजिका खाजा पसल सन्चालन गर्ने ब्यबसायीले बताए ।

उक्त खाजा पसले नाम हामीले गाेप्य राखेका छाै । सो कार्यमा लेखापढी गर्ने व्यवसायीको मिलेमतोमा नागरिकताको प्रतिलिपी समेत किनबेच हुने गरेको अबस्था रहेकोमा निज अधिकृतको आगमन भएपछि लेखापढी ब्यबसाय नि धरापमा परेको नाम नबताउने शर्तमा एकजना किनबेच व्यवसायीले बताए ।

साथै निज अधिकृत जस्तो हालसम्म कोइ नआएकोले निजको नाम यस कार्यालयमा सदैब सबैले सम्झिरहने समेत बताए ।

साथै निज अधिकृतको भ्रस्टाचार बिरोधी कार्यशैलीले कार्यालय भित्रकै कर्मचारी समेत सन्तुष्ट नरहेको र निजलाई उक्त शाखाबाट हटाउन लागि परेको समेत सोही कार्यालयका एकजना कर्मचारीले बताए ।

निज अधिकृत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत निकै भ्रस्टाचार बिरोधी कडा अनुसन्धान गरि त्यहाँबाट एक महिना अगाडिमात्र सरुवा भई यस कार्यालयमा आएकोमा निज आएपछी निकै सुधारको प्रकृया अगाडि बढ्नसक्ने भएपनी वर्षौदेखी जरा गाडेर बसेका कर्मचारी र सेवाग्राहीलाई दुख दिएर पैसा असुल्न पल्केका कर्मचारी र लेखापढी ब्यबशायीको मिलेमतोमा भैरहेको यो प्रकारको अनियमितता रोक्न एकना कृष्ण सुवेदीजस्ता दबङ्ग अधिकृत एक्लो बृहस्पति बन्नुपर्ने अबस्था नआओस र निजले थालेको सुधारको काम सबैले निरन्तरता दिई सेवाग्राहीमैत्री र भ्रस्टाचाररहित सेवाप्रबाहको अबस्था सिर्जना गर्न सिङ्गो गृह मन्त्रालयले समेत सोच्नुपर्ने अबस्था आएको देखिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...