‘ए’ डिभिजन लिग : आज सातदोबाटो र हिमालयन भिड्दै   

A division football

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सोमबार सातदोबाटो र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ । यो प्रतियोगिताको सातौं चरणका अन्तिम खेल हुनेछ ।

खेल दशरथ रंगशालामा हुनेछ । माथिल्लो डिभिजनको लिगमा नवप्रवेशी रहेको सातदोबाटोको ६ खेलबाट ८ अंक छ र सातौं स्थानमा रहेको छ ।

हिमालयनको पनि ६ खेलबाट ८ अंक नै छ र आठौं स्थानमा रहेको छ । दुवै टिम प्रतियोगितामा तेस्रो जितको खोजीमा हुनेछ ।

प्रतियोगितामा उत्कृष्ट सुरुआत लिएका सातदोबाटोले पछिल्ला तीन खेलमा एकै अंक मात्र बटुलेको छ । उसमाथि फेरि लयमा फर्कने दबाब हुनेछ । हिमालयन भने पछिल्ला दुई खेल लगातार जितेर उत्साहित रहेको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...