पदाधिकारी छान्न माओवादी बैठक सानेपाको हेरिटेज गार्डेनमा आज ३ बजे बस्ने

Prachanda banda satra

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ। आजको बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ ।

पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ । निवर्तमान अध्यक्ष तथा नवनिर्वाचित केन्द्रीय सदस्य पुष्पकमल दाहाल प्रचण्डले सो बैठकले पार्टीको अध्यक्ष र पदाधिकारीहरू चयन गर्ने जानकारी दिएका छन् ।

आजको बैठक नयाँ केन्द्रीय समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ । पदाधिकारीमा करिब सहमति भइसकेकाले १५ पदाधिकारी आजै चयन हुने नेताहरुले बताएका छन् ।

आठौं महाधिवेशनको आठौं दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए । जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...