प्रचण्डसामु झुके दलित नेता, काम लागेन प्रचण्डलाई दलितले हालेको बिन्तीपत्र

माओवादीमा २३ जना दलित केन्द्रिय सदस्य निर्वाचित

Maobadi kendra mahadhibesan

काठमाडौं । आइतबारबाट राजधानीमा सुरु भएको आठौं महाधिवेशन आठौं दिनमा सकिएको छ । ऐन र पार्टी विधानविपरीत दलितलाई केन्द्रीय सदस्य दिने भएपछि विरोधमा अध्यक्ष पुष्पकमल दाहाद ‘प्रचण्ड’ लाई दलित समुदायका प्रतिनिधिहरुले ज्ञापनपत्र बुझाए 

दलितलाई केन्द्रीय सदस्यमा ७ प्रतिशतलाई मात्रै दिएपछि असन्तुष्टि जनाउँदै १ सय ११ जना दलित प्रतिनिधिहरुले आज बिहान मात्रै अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए । निर्वाचन ऐनले १५ र पार्टी विधानले पनि १५ प्रतिशतलाई केन्द्रीय सदस्यल बनाउनुपर्ने व्यवस्थाविपरीत ७ प्रतिशत दिने भनिएपछि उनीहरु असन्तुष्ट बनेका थिए ।

शनिबार ७५ जना महाधिवेसन प्रतिनिधिहरुले हस्ताक्षर गरेर पार्टी आरक्षण विरोधी मार्गमा हिडेको आरोप लगाएका थिए । लगातारको छलफलमा पनि दलितलाई विषेश अधिकार नदिने भएपछि आज बिहान केन्द्रीय सदस्यहरू परशुराम रम्तेल, दलजित श्रीपाइलीसहितका १ सय १२ जनाले १५ प्रतिशत नै सुनिश्चित गर्न माग गर्दै अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाए । तर, अन्तिम समयमा प्रचण्डको भाषणकै कारण उनीहरु आफ्नो मागबाट पछि हटे । खेलकुद मन्त्री महेश्वर गहतराजले भने हस्ताक्षर गरेका थिएनन् ।

प्रचण्डले २३६ जनाको केन्द्रीय समिति घोषणा गर्दा हस्ताक्षर नगर्ने गहतराजसहित परशुराम रम्तेल, महेन्द्र पासवान, गोपी सार्की अछामी र दलजित श्रीपाइली खुल्ला कोटाबाट केन्द्रिय सदस्यको सुचीमा अटाए ।

महाधिवेसनको दोस्रो दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलित समुदायलाई विषेश अधिकार दिनेगरी कुल सदस्य संस्याको १५ प्रतिशत दलित समुदायलाई आरक्षण दिने उल्लेख गरेका थिए । प्रचण्डले पेश गरेको राजनीतिक दस्तावेजमा समेत सो उल्लेख थियो । तर, देव गुरुङले पेश गरेको विधानमा भने त्यसलाई कटौती भएको थियो ।

निर्वाचन आयोगका अनुसार २२ जना दलितहरु मात्रै केन्द्रिय समितिमा पुग्ने भन्दै तर दलित समुदायका प्रतिनिधिहरुले भने कुल सदस्य संख्याको १५ प्रतिशत दलितको उपस्थिती हुनुपर्ने बताउँदै आएका थिए । कुल सदस्य संख्याको आधा अर्थात् २९९ जनालाई कुल संख्या मानेर त्यसलाई प्रतिशतमा भाग लगाइनुपर्ने उनीहरुको माग थियो ।

सबै दलित प्रतिनिधिहरुले १५ प्रशितको माग उठाउँदै आएको भए पनि हस्ताक्षर गर्नेहरु नै केन्द्रिय समितिमा अटाएका छन् । महाधिवेशनबाट दलिततर्फ खुल्ला कोटामा अटाएका बाहेक १६ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

आइतबार महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलितभित्र पनि विभिन्न क्लस्टरमा गरी १६ जनाको नाम वाचन गरे । उनका अनुसार दलितबाट २ जना केन्द्रीय सदस्यको नाम पछि घोषणा हुनेछ ।

दलित पुरुषतर्फ विष्णुबहादुर बिक, यमबहादुर परियार र जगत पार्की अटाएका छन् । त्यस्तै दलित महिला अन्जना बिसंखे, सुशीला श्रीपाईली, सीता बौडेल, मानकुमारी नेपाली, सीता नेपाली, धनमाया बिक, लक्ष्मी बिक, शान्ति नेपाली, गीता गहतराज, दुर्गाकुमारी बिक र पम्फा बसेल निर्वाचित भएका छन् ।

दलित युवातर्फ सुबोध श्रीपाइली र दलित युवा महिला जाजरकोटकी पार्वती बिक निर्वाचित भएकी छन् । भर्खरै मसालबाट एकता गरेर आएका तिलक परियार र गोविन्द बिक केन्द्रीय कमिटीमा ल्याएका छन् ।

सबै गर्दा पनि माओवादी २३ जना मात्रै जदित समुदायका नेता केन्द्रिय समितिमा अटाएका छन् । प्रचण्डले नाम घोषणा गर्दा आफुले जतिसक्दो दलित समुदायलाई केन्द्रिय समितिमा मनोनित गर्ने आह्वासन दिएका छन् । तथापि अहिलेसम्मको अवस्था हेर्दा कुल सदस्य संख्याको ७ प्रतिशत पनि दलितको सहभागिता भएको छैन ।

र, यो पनि...

माओवादीको महाधिवेशन : दलितलाई केन्द्रीय सदस्यमा सात प्रतिशत छुट्याएपछि विरोध, प्रचण्डलाई ज्ञापनपत्र

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...