माओवादीले पदाधिकारी छान्न सकस : सोमबार मात्रै चयन गर्ने

Prachanda  mahadibeshn

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी सोमबार चयन गर्ने भएको छ ।

माओवादी केन्द्रका निवर्तमान अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीको भोलि टुंगो लाग्ने बताएका छन् । महाधिवेशन हलमा दाहाल पदाधिकारीमा करिब सहमति जुटिसकेको र सोमबार बस्ने केन्द्रीय समिति बैठकले टुंगो लाग्ने बताएका हुन् । केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्नेछ ।

'पदाधिकारी विधानअनुसार केन्द्रीय समितिले टुंग्याउने हो। कतिपयले आजै टुंगो लगाऔं भने । भोलि नयाँ केन्द्रीय समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पदाधिकारी टुंगो लगाउने छ। भोलि टुंगो लाग्छ' बन्दसत्र हलमा उनले भने ।

आइतबार अध्यक्ष प्रचण्डले महाधिवेशनको बन्दसत्रमा २९९ सय केन्द्रीय सदस्यमध्ये २३६ जनाको नाम सिफारिस गरेका थिए । ती नामहरू बन्दसत्रले ताली ठोकेर अनुमोदन गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...