माओवादी केन्द्रमा केन्द्रीय सदस्य चयनमा सकस, सहमतिमै नेतृत्व टुंग्यागिएला त ?

Maobadi kendra mahadhibesan

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी सहमतिमै चयन गर्ने तयारी गरेको छ ।

यसअघि शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिए पनि राती ८ बजे स्थगित गरिएको थियो । पदाधिकारीमा शीर्ष नेताहरुले सहमति खोजेपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो ।

सहमतिमै नेतृत्व चयन गर्नेगरी माओवादीले आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको छ भने निर्वाचन कार्यतालिकासमेत संशोधन गरेको छ । शनिबार साँझ बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका लागि सहमति जुटेको भन्दै आइतबार १ बजे सम्मका लागि बन्दसत्र स्थगित गर्न गरेको प्रस्ताव हलले अनुमोदन गरेको थियो ।

केन्द्रीय समितिको निर्वाचनका लागि सबै प्रक्रिया अगाडि बढाएको माओवादीमा सहमति हुन नसकेपछि महाविधेशन पुनः एक दिन लम्बिएको छ । केन्द्रीय कमिटीका लागि भूगोल सात र एक विशेष प्रदेश गरी आठवटै प्रदेशबाट केन्द्रीय कमिटी सदस्यका लागि क्लस्टर अनुसारका नाम सिफारिस भैसकेका छन् । केन्द्रीय कमिटीमा सहमति जुटेपछि माओवादीले केन्द्रीय पदाधिकारी पनि हलबाटै घोषणा गर्ने गरी तयारी गरेको बुझिएको छ ।

आइतबार बिहान ११ बजेसम्म केन्द्रीय पदाधिकारीका लागि सहमति जुटाउने र १ बजे सुरु हुने बन्दसत्रमा केन्द्रीय कमिटीको नाम पहिला घोषणा गर्ने त्यसपछि पदाधिकारी घोषणा गर्ने तयारी माओवादीको छ ।

माओवादी केन्द्रको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । सो निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्नेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत बनाइएको छ ।

आइतबार बिहान ११ बजेसम्म केन्द्रीय पदाधिकारीका लागि सहमति जुटाउने र १ बजे सुरु हुने बन्दसत्रमा केन्द्रीय कमिटीको नाम पहिला घोषणा गर्ने त्यसपछि पदाधिकारी घोषणा गर्ने तयारी माओवादीको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...